Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

Author Avatar साझा न्यूज 29th September 2026 , 3:57 PM
कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तु, असोज १३ गते । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतमलाई स्थानीय तह, जिल्ला प्रशासन र सुरक्षा निकायका प्रतिनिधिले सम्मानसहित बिदाइ गरेका छन् ।

जिल्लाका स्थानीय तह र जिल्ला प्रशासनबीच सहकार्य, समन्वय तथा आपसी सम्बन्धलाई आत्मीय रूपमा अघि बढाउन गौतमले पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरूले गौतमको कार्यकालमा जिल्ला प्रशासन र स्थानीय तहबीचको समन्वय थप प्रभावकारी बनेको उल्लेख गर्दै आगामी जीवन सुखद, स्वस्थ, सफल र मंगलमय रहोस् भन्ने शुभकामना दिएका थिए ।

सहसचिव गौतमले असोज १४ गतेदेखि लागू हुने गरी गृह मन्त्रालयमा राजीनामा दिनुभएको छ । सेवा अवधिको करिब सात महिना बाँकी रहँदै उहाँले स्वेच्छिक अवकाश रोज्नुभएको हो । उहाँ ५८ वर्ष पूरा भएपछि २०८४ वैशाख ५ गते अनिवार्य अवकाशमा जाने अवस्थामा हुनुहुन्थ्यो ।

गौतम गत कात्तिक १३ गते कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा हाजिर हुनुभएको थियो । २०७७ चैतमा सहसचिव बन्नुभएका उहाँले उदयपुर, सप्तरी, सिन्धुली, तनहुँ, गुल्मी र कपिलवस्तुलगायत जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्नुभएको थियो ।

बिदाइ कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह, शिवराज नगरपालिकाका प्रमुख अजय थापा, महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा र शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्ट, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, वरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठलगायतको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरूले पदबाट बिदाइ भए पनि गौतमसँगको आत्मीयता, सहकार्य र कार्यकालका स्मरणहरू सदैव कायम रहने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

भर्खरै प्रकाशित

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज