Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

Author Avatar साझा न्यूज 30th September 2026 , 6:13 AM
ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

काठमाडौँ, असोज १३ गते । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको  लिङ्गो आज राति ९ः२५ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । आज राति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो जात्रा समापन भएको गुठी संस्थानले जनाएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका दरबार क्षेत्र जानुभई श्रीगणेश, श्रीभैरव र श्रीकुमारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुभएको थियो । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ । आजै दिउँसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो । यो यात्रा इन्द्रजात्राको अन्तिम यात्रा हो ।

इन्द्रजात्राका अवसरमा यही असोज १० गते माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा श्रीगणेश, श्री भैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बगमती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा भाद्र शुक्ल द्वितीयाका दिन लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । इन्द्रजात्राकै दिन पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेको ऐतिहासिक तथ्य छ ।

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको भदौ ९ गते शुक्रबार विधिपूर्वक पूजाआजा गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच, पुलुकिसी नाच, रामचन्द्र नाचलगायत सांस्कृतिक झाँकी तथा अन्य नाचगान प्रस्तुत गरिएको थियो ।

इन्द्रजात्राको अन्तिम दिन आज हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो । सो अवसरमा जीवित देवी कुमारीको दर्शन गर्ने भक्तजनको लाम लागेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

मनाङमै अड्किए पर्यटक

मनाङमै अड्किए पर्यटक

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

भर्खरै प्रकाशित

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

मनाङमै अड्किए पर्यटक

मनाङमै अड्किए पर्यटक

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज