Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मनाङमै अड्किए पर्यटक

Author Avatar साझा न्यूज 30th September 2026 , 6:26 AM
मनाङमै अड्किए पर्यटक

मनाङ- अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ । आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढीले मस्र्याङ्दी नदी थुनिएको छ । विपद्का पर्यटक मनाङमै बस्न बाध्य भएका छन् ।

मर्स्याङ्दी थुनिएपछि माथिल्लो मनाङ पुगेका पर्यटक उतै छन् भने तल्लो मनाङमा रहेका पर्यटक रोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) एकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पास गर्ने पर्यटक पनि मनाङ नै फर्किएका छन् ।

“माथिल्लो मनाङ आइपुगेका २२६ विदेशी पर्यटकको दर्ता भएको छ भने ४४ जना फर्किएका छन्,” प्रमुख भुजेलले भन्नुभयो, “करिब १५० बढी पर्यटक थोराङ्ला पास गर्ने पर्यटक हिउँ बाक्लो भएपछि फर्किएर मनाङ आइपुगेका छन् । मनाङ गाउँमा पर्यटक सुरक्षित छन् ।” थोराङ्ला पास गर्ने पर्यटक मुस्ताङबाट हेलिप्टरमा फर्कन सक्ने भएकाले जान अनुमति दिएको छ ।

“बिरामी र प्रवेशाज्ञा सकिएका पर्यटक भने हेलिकप्टरमार्फत फर्किएका छन्,” प्रमुख भुजेलले भन्नुभयो, “हिमपात भएको समयमा मनाङ गाउँमा पर्यटक खचाखच थिए । सञ्चार र विद्युत् नहुँदा सङ्ख्या यकिन गर्न सकिने अवस्था नरहेको उहाँको भनाइ छ ।

एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङले धारापानी चेकपोष्टमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म ५९० विदेशी पर्यटकको दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार अविरल वर्षा र बाढीपहिरोका कारण १४६ पर्यटक फर्किएका छन् । “माथिल्लो मनाङ पुगेका पर्यटक माथि नै छन् भने चामेदेखि तल रहेका भने यहीँ छन्”, गुरुङले भन्नुभयो, “बाटोको ट्र्याक नै मस्र्याङ्दी नदीले कटान गरेपछि फर्कने अवस्था छैन । पर्यटक यही रहेका छन् ।”

अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीको कटानले अधिकांश स्थानमा सडकको ट्र्याक बगाएको छ । भासिएका सडकको नयाँ ट्र्याक नबनाउँदासम्म पर्यटक तथा स्थानीयवासी आवतजावत गर्न सक्ने अवस्था छैन । नदी कटानले सडक भासिँदा उपकरण पुर्‍याउन सकिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

भर्खरै प्रकाशित

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

मनाङमै अड्किए पर्यटक

मनाङमै अड्किए पर्यटक

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज