Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

खसीबोका बेचेर वार्षिक एक अर्ब कमाउँछन् गुल्मीका किसान

Author Avatar साझा न्यूज 2nd October 2026 , 8:26 PM
खसीबोका बेचेर वार्षिक एक अर्ब कमाउँछन् गुल्मीका किसान

खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ।

कृषि कर्मका अन्य विधाको तुलनामा खसीबोकाबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो।

खसीबोका बिक्रीबाट जिल्लामा वार्षिक करिब रु एक अर्ब बराबरसम्मको कारोबार हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेयले जानकारी दिए।

गुल्मीमा उत्पादित खसीबोका स्थानीय बजारमा मात्र नभई बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको उनको भनाइ छ।

जिल्लाका प्रत्येक पालिकाबाट वार्षिक करिब ४६ हजार खसीबोका उत्पादन हुने गरेको तथा हाल करिब दुई लाखको सङ्ख्यामा बाख्रा रहेको पशु सेवा केन्द्र गुल्मीले जनाएको छ।

प्रमुख पाण्डेयका अनुसार जिल्लाबाट वार्षिक १४ हजार ६०० खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेका छन्।

उनका अनुसार जिल्ला बाहिर निर्यात हुने खसीबोकाबाट वार्षिक करिब रु २६ करोड २८ लाख  जिल्ला भित्रिने गरेको छ।

जिल्लामा उत्पादित खसी बोका उचित मूल्यमा सहज रूपमा घरबाटै बिक्री हुने भएकाले पनि किसानलाई यो व्यवसायप्रतिको आकर्षण बढेको हो।

जिल्लाका सबै पालिकामा पालिने भए पनि खासगरी धुर्कोट पालिका मासुमा आत्मनिर्भर छ। यहाँ उत्पादिन खसी बोका जिउँदो प्रतिकिलो ५५० का दरले बिक्री वितरण हुँदै आएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेल बताए।

स्थानीय चन्द्रबहादुर खड्काको खोरबाट यस वर्ष पनि ७० किलो तौलसम्मका खसीबोका बिक्री भएका छन्।

धुर्कोट क्षेत्रमा उत्पादिन खसीबोका बुटवललगायतका सहरमा पठाइने गरेको अध्यक्ष पोखरेलले जानकारी दिए।

गुल्मीको स्थानीय बजारमा खसी र बोकाको मासु प्रतिकिलो रु ९५० का दरले बिक्री हुँदै आएको छ। त्यस्तै जिल्लाका विभिन्न पालिकामा व्यावसायिक रूपमा बाख्रापालन हुँदै आएको छ।

यहाँ उत्पादित केही उन्नत जातका बोका प्रजननका लागि समेत अन्य जिल्लामा पठाइने गरेको छ।

जिल्लामा खासगरी जमुनापारी खरीक्रस, बोयर खरीक्रस र सिरोही खरीक्रस जातका बाख्रापालन हुँदै आएको केन्द्रले जनाएको छ।

वार्षिक करिब ६०० को सङ्ख्यामा प्रजननका लागि बोका जिल्ला बाहिर बिक्री हुने गरेको छ। त्यस्तै वार्षिक १४ हजार खसीबोका मासुका लागि जिल्ला बाहिर बिक्रीका लागि पठाइने गरिएको छ।

पछिल्लो आर्थिक वर्षमा स्थानीय तह तथा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका ४२१ वटा बाख्रा फार्ममा करिब दुई लाख बाख्रा रहेको विज्ञ केन्द्रले जनाएको छ।

पशु सेवा विज्ञ केन्द्रले बाख्रापालन गर्ने किसान तथा समूहलाई खोर निर्माण, उन्नत जातका बीउ बोका, औषधि उपचार, खोप, मेसिनरी सामग्री खरिदलगायत प्राविधिक क्षेत्रमा सहयोग गर्दै आएको प्रमुख पाण्डेयले बताए।

कार्यालयले किसानका फार्ममै पुगेर बाख्रामा लाग्ने विभिन्न रोगविरुद्ध निःशुल्क खोप कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

त्यसबाट बाख्रामा लाग्ने महामारीजन्य रोग नियन्त्रण तथा क्षति न्यूनीकरणमा सहयोग पुगेको कार्यालयले जनाएको छ।

खसीबोका पालनबाट राम्रो आम्दानी हुँदै आए पनि युवको विदेश पलायन र बसाइँसराइलगायत कारणले पछिल्लो समय व्यावसायिक किसानको सङ्ख्या भने तुलनात्मक रूपमा घट्दै गएको अनुमान गरिएको छ।

खसीबाख्राका लागि आवश्यक खुराक घाँस तथा व्यवस्थापन गर्ने जनशक्तिको अभावजस्ता समस्या बाख्रापालन व्यवसायमा रहेको रेसुङ्गा कृषि तथा पशुपन्छी फार्मका सञ्चालक केशर रजालीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष

चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै प्रकाशित

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

क्रियाकलापमा आधारित सिकाइसम्बन्धी पाँचदिने तालिम

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष

चाडपर्वमा सार्वजनिक यातायात निगरानी बढाउँदै प्रहरी, ४८ स्थानमा यात्रु सहायता कक्ष

खसीबोका बेचेर वार्षिक एक अर्ब कमाउँछन् गुल्मीका किसान

खसीबोका बेचेर वार्षिक एक अर्ब कमाउँछन् गुल्मीका किसान

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज