Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

Author Avatar साझा न्यूज 4th October 2026 , 4:27 PM
अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

संघीय सरकारबाट प्राप्त सशर्त अनुदानको रकम खर्च हुन नसकी फिर्ता जाने अवस्था अन्त्य गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभएको हाे ।

आइतबार राप्ती उपत्यका(देउखुरी)मा भएको आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रदेशको कुल बजेटको करिब १५ प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
‘स्वास्थ्य क्षेत्रमा बजेटको अभाव हुन दिएका छैनौं । तर संघीय सशर्तको बजेट कार्यान्वयनमा विशेष ध्यान दिन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘गत वर्ष संघीय सशर्तको बजेट फिर्ता भएको देखियो । संघबाट आएको बजेट खर्च गर्न सकेनौं भने उतै फर्किएर जाने हो ।’

संघबाट प्राप्त हुने बजेट क्रमशः घट्दै गइरहेको अवस्थामा उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश र स्थानीय तहबीच समन्वय गरेर स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले कुपोषण न्यूनीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । स्थानीय तहसँग समन्वय गरी कुपोषण बढी देखिएका तराईका दक्षिणी क्षेत्रमा कार्यक्रम केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ । पोषण सुधारका लागि स्वास्थ्य सेवासँगै नागरिकको चेतनास्तर अभिवृद्धिमा समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले विद्यालय तहबाटै स्वस्थ जीवनशैली र पोषणसम्बन्धी चेतना विकास गर्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यका विभिन्न सूचकमा सुधारका संकेत देखिएको भए पनि खोपको सूचकमा थप सुधार आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रदेश मातहतका अस्पतालको व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिँदै उहाँले अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्नुपर्ने बताउनुभयो । अस्पताललाई क्रमशः आत्मनिर्भर बनाउने गरी विशेष योजना बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । निजि तहबाट चलेकत अस्पतालहरु नाफा कमाउदै जाने तर, सरकारी अस्पतालहरु घाटामा रहने अवस्थाकाे अन्त्य गर्न चुहावट नियन्त्रणका लागि बिशेष याेजना बनाउनुपर्नेमा जाेड दिनुभयो । ‘समीक्षा गर्दा हाम्रा कमी कमजोरी कहाँ छन् भनेर पत्ता लगाउनुपर्छ । कमजोरी समाधान गर्ने योजना बनाउनुपर्छ । भएका उपलब्धिको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न कार्ययोजना आवश्यक छ,’ उहाँले भन्नुभयो ।

स्वास्थ्य क्षेत्रमा निराशाजनक अवस्था नरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उपलब्धिलाई संस्थागत गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले स्वास्थ्य क्षेत्र प्रदेशका करिब ५२ लाख नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले संवेदनशील भएर काम गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको प्राथमिकता निर्धारण गरी समाधानको स्पष्ट योजना बनाउनुपर्ने उहाँको भनाइ छ । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य सचिव विकास देवकोटाले रुपन्देहीमा ठूलो अस्पताल निर्माण भइरहेको जानकारी दिँदै प्रदेशमा स्वास्थ्य सेवाको क्षेत्रमा क्रमिक सुधार भइरहेको बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्रलाल अर्यालले प्रदेशका प्रमुख स्वास्थ्य सूचक र चुनौतीबारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले मातृ मृत्युदरमा सुधार आएको जानकारी दिँदै राष्ट्रिय खोप कार्यक्रमको सूचक भने लक्ष्यअनुसार अघि बढ्न नसकेको बताउनुभयो । खोपको सूचक घट्नुका कारण पहिचान गरी सुधारका उपाय अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ ।

रुपन्देही, नवलपरासी र पाल्पामा होम डेलिभरी शून्यमा झारिएको भए पनि कपिलवस्तुमा अझै घरमै सुत्केरी हुने अवस्था रहेको उहाँले बताउनुभयो ।

कुष्ठरोग निवारणका क्षेत्रमा पनि थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक औसत एक हजार १५१ जनाले सेवा लिने गरेको र भालुबाङ अस्पतालबाट दैनिक ४९ जनाले सेवा लिने गरेको कार्यक्रममा जानकारी दिइएकाे छ ।

आयुर्वेद तथा स्वस्थकर जीवनशैली प्रवद्र्धनका कार्यक्रम, स्वर्णविन्दुप्राशन, पोषण विशेष कार्यक्रम र नसर्ने रोगको स्क्रिनिङलाई प्रभावकारी बनाइएको जानकारी दिइएको थियो । अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्नु नवीन अभ्यासका रूपमा अघि बढाइएको बताइएको थियो ।स्वास्थ्य मन्त्रालयका तथ्यांक अधिकृत मानबहादुर ओलीले नवजात शिशु मृत्युदर घट्दै गएकाे जानकारी दिनुभयो ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले स्वास्थ्य क्षेत्रमा सुधार भए पनि जनशक्ति र उपकरणको अभाव रहेको बताउनुभयो । स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।

प्रमुख सचिव विनोदबहादुर कुँवरले स्वास्थ्य जनशक्तिको अभिलेख प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । जनशक्तिको अभावसँगै उपलब्ध जनशक्तिलाई समेत प्रभावकारी रूपमा उपयोग गर्न नसकिएको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा असुलउपर गर्नुपर्ने बेरुजुलाई शून्यमा झार्नुपर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वरी केसीले सञ्चालन गर्नुभएको थियो । स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै प्रकाशित

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

शिविरमा करिब ३४५ जना सेवाग्राहीले आँखा परीक्षण

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रण गर्न ध्यान दिनुस:मुख्यमन्त्री आचार्य

रास्वपाले तोक्यो १४ केन्द्रीय विभागका प्रमुख, कपिलवस्तुका सांसद मोहनलाल आचार्यलाई कानुनी विभागको जिम्मेवारीP

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

अर्थमन्त्री डा. वाग्ले अमेरिका प्रस्थान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज