Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

Author Avatar साझा न्यूज 9th October 2026 , 7:14 PM
व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

तनहुँ, असोज २३ गते । व्यास नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको पहिचान, अभिलेखीकरण र संरक्षणका लागि विशेष अभियान अघि बढाइएको छ ।

नगरको मौलिक इतिहास र सांस्कृतिक पहिचान झल्काउने सम्पदाको व्यवस्थित अभिलेख तयार गरी भावी पुस्ताका लागि सुरक्षित राख्ने उद्देश्यले व्यास नगर प्रज्ञा प्रतिष्ठानले अभियान सञ्चालन गरेको हो ।

प्रतिष्ठानले नगरभित्रका सय वर्षभन्दा पुराना सम्पदाको विस्तृत विवरण सङ्कलन गरी ‘व्यास नगर सम्पदा’ नामक पुस्तक प्रकाशन गर्ने, महत्वपूर्ण सम्पदाको फोटो ग्यालरी तयार गर्ने तथा वृत्तचित्र निर्माण गर्ने योजना अघि सारेको छ । यसबारे प्रतिष्ठानले शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले ऐतिहासिक तथा पुरातात्विक सम्पदा नगरको पहिचान र इतिहासका महत्वपूर्ण आधार भएकाले तिनको खोज, अभिलेखीकरण र संरक्षणलाई प्राथमिकता दिइएको बताउनुभयो ।

“हाम्रो इतिहास र मौलिक पहिचान बोकेका सम्पदा संरक्षण गर्न नसके भावी पुस्ताले आफ्नो नगरको ऐतिहासिक महत्व बुझ्ने आधार गुमाउन सक्छन् । त्यसैले सम्पदाको पहिचान गरी प्रमाणसहित अभिलेख तयार गर्ने र संरक्षणलाई पर्यटनसँग जोड्ने काम अघि बढाएका छौँ,” उहाँले भन्नुभयो ।

पुरातात्विक सम्पदा अभिलेखीकरण समितिका संयोजक देवीबहादुर बस्नेतले नगरका वडास्तरमा पुगेर स्थानीय सम्पदाको पहिचान तथा छनोट गर्ने काम भइरहेको जानकारी दिनुभयो । प्रत्येक वडाबाट छनोट भएका राष्ट्रिय तथा स्थानीय महत्वका सम्पदाको तस्बिरसहित अभिलेख तयार गरिने उहाँले बताउनुभयो ।

“स्थानीयस्तरमा रहेका धेरै सम्पदाको ऐतिहासिक महत्वबारे पर्याप्त जानकारी र दस्तावेज छैनन् । कुन सम्पदा कहाँ छ, त्यसको ऐतिहासिक तथा सांस्कृतिक महत्व के हो भन्ने विवरण व्यवस्थित रूपमा सङ्कलन गरेर अभिलेखमा राख्ने हाम्रो लक्ष्य हो,” बस्नेतले भन्नुभयो ।

उहाँका अनुसार सय वर्षभन्दा पुराना सम्पदाको विस्तृत विवरण समेटेर एकीकृत अभिलेख तयार गरिनेछ । यसबाट सम्पदाको अवस्था पहिचान गर्न, संरक्षणका लागि प्राथमिकता निर्धारण गर्न र तिनको महत्व नयाँ पुस्तासम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिष्ठानले सम्पदाको संरक्षणसँगै व्यास पराशर क्षेत्र, छाब्दी बाराही र तनहुँसुरलगायतका ऐतिहासिक तथा धार्मिक गन्तव्यको जानकारी प्रविधिमार्फत उपलब्ध गराउने तयारीसमेत गरेको छ ।

गोष्ठी सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक महाप्रसाद हड्खलेका अनुसार ती गन्तव्यमा क्यूआर कोडमार्फत पाँच भाषामा डिजिटल सूचना उपलब्ध गराउने योजना छ ।

उहाँले पुरातात्विक सम्पदालाई पर्यटन विकाससँग जोड्दा स्थानीय संस्कृति, परम्परा र रैथाने खानाका परिकारको पहिचान प्रवद्र्धन गर्नसमेत सहयोग पुग्ने बताउनुभयो ।

सम्पदा अभिलेखीकरण र संरक्षण सम्बन्धी अभियानबारे जनचेतना विस्तार गर्न मङ्सिर २५ देखि २७ गतेसम्म दमौली सभा गृह परिसरमा व्यास नगर पुरातात्विक सम्पदा एवम् ग्रामीण पर्यटन मेला आयोजना गर्ने तयारी गरिएको छ ।

मेला प्रस्तावना एवम् प्रगति प्रतिवेदन लेखन समितिका संयोजक प्रज्ञा हरिसिंह गुरुङका अनुसार मेलामा सम्पदाको महत्वबारे विचार गोष्ठी, वृत्तचित्र निर्माण तथा स्थानीय संस्कृति प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछन् ।

प्रतिष्ठानले मेलालाई प्लास्टिकका बोतल र गिलासमुक्त बनाउने योजना पनि अघि सारेको सूचना तथा प्रचार प्रसार समिति संयोजक मिला दरैले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

भर्खरै प्रकाशित

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज