Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मनसुन देशभर फैलिने क्रममा

Author Avatar साझा न्यूज 13th June 2021 , 6:51 AM
मनसुन देशभर फैलिने क्रममा

अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो ।

मौसमविद् वरुण पौडेलले भन्नुभयो, “देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रियता बढेको छ, त्यसैले एक साताको अवधिमा आकाशको घाम देख्न मुस्किल हुनेछध्र” उहाँका अनुसार कहीँकतै आक्कलझुक्कल घाम देखिहाले पनि त्यो एकदमै थोरै समयका लागि देखिने छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिनमार्फत नै शनिबारदेखि गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन प्रवेश गरिसेकेको जनाएको छ । एक–दुई दिनभित्र देशव्यापी रूपमा मनसुनले प्रभाव जनाउने भएकाले पनि आकाश खुल्ने सम्भावना छैन।

मनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले शनिबार प्रेस वक्तव्य जारी गर्दै शुक्रबारदेखि नेपाल प्रवेश गरेको मनसुनी वर्षाको अवधिभर कतै अधिक र कतै मध्यम वर्षा हुने जनाएको छ । विभागका प्रवक्ता सुमनकुमार रेग्मीका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेशका अधिकांश स्थानमा र प्रदेश १ को मध्य तथा पश्चिमी पहाडी र हिमाली भेगमा सरदरभन्दा बढी वर्षा हुनेछ ।

त्यस्तै गण्डकी, लुम्बिनी, बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुनेछ । त्यसैगरी प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी भेगमा सरदरभन्दा कम वर्षा हुनेछ । निरन्तर हुने वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ । आउँदा केही दिनमा ठूला तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य रूपमा बढ्ने तथा साना नदीनाला र खहरे खोलाहरूमा आकस्मिक बहाव भई चुरे तथा तराईका भू–भाग डुबानमा पर्ने सम्भावना रहेको छ । मनसुन अवधिभरका लागि विभागले मौसमको निगरानीलाई चुस्त
बनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भर्खरै प्रकाशित

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज