Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उत्कृष्ट प्रहरीको रुपमा डिएसपी भण्डारी सम्मानित

Author Avatar साझा न्यूज 16th June 2021 , 11:51 PM
उत्कृष्ट प्रहरीको रुपमा डिएसपी भण्डारी सम्मानित

साझा न्यूज । कपिलवस्तु
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारी उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका छन् । २०७८ साल जेष्ठ महिनामा अपराध अनुसन्धान लगायत प्रहरी सेवा अन्र्तगत गर्नु पर्ने कार्यहरु उत्कृष्ट ढंगबाट सम्पादन गरे वापत डिएसपी भण्डारीलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको हो ।

संघीय प्रहरी ईकाई कार्यालय भैरहवाका एसएसपी शुशिल कुमार यादवले जिल्ला प्रहरी कार्यालय तौलिहवामा डिएसपी भण्डारीलाई प्रसंशा पत्र सहित सम्मान गरेका हुन् । सम्मानित डिएसपी भण्डारी नेपाल प्रहरी संगठनमा अपराध अनुसन्धानको क्षेत्रमा निकै अब्बल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

डिएपी भण्डारीले पछिल्लो पटक माओवादी केन्द्रका नेता दिपक पाण्डेको हत्याको घटनालाई हत्या भए लगत्तै घटनाको सुक्ष्म अनुसन्धान शुरु गरी ३ हप्तामै घटनामा संलग्न मुख्य योजनाकार सहित सवैलाई पक्राउ गर्न सफल भएका छन् । यसै गरी जिल्लामा यस अघि घटेका दर्जनौ घटनाहरुको अनुसन्धानमा खटिएका डिएसपी भण्डारीले घटनाको अनुसन्धानबाट घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सफल भई सकेका छन् ।

डिएसपी भण्डारी यस अघि रुपन्देही जिल्लाको लुम्विनी, सुनसरी जिल्लाको ईटहरी लगायतका स्थानमा कार्यरत रहंदा समेत आफु कार्यरत सवै प्रहरी कार्यालयहरुमा प्रभावकारी दक्ष प्रहरी अधिकृतको रुपमा पहिचान कायम गरेका आएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा आफुलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिंदा आफुमा थप उर्जा र हौसला बढेको डिएसपी भण्डारीले बताए ।

नेपाल प्रहरीको वर्दी आफ्नो शरीरमा रहुन्जेल वर्दीका मर्यादा र प्रहरी संगठनले आफुलाई दिएको जिम्मेवारी प्रभावकारी ढंगबाट पुरा गर्न मैले कुनै कसर राख्ने छैन, डिएसपी भण्डारीले भने, “समाजमा शान्ति सुरक्षा कायम गरी प्रभावकारी ढंगबाट प्रहरी परिचालन गर्नु, अपराध अनुसन्धान र नियन्त्रण गरी आम नागरिकहरुमा शान्ति सुरक्षाको पूर्ण ग्यारेण्टी हुने ढंगबाट काम गर्नु मेरो प्रमुख कर्तव्य हो । यस प्रति म सदैव संवेदनशील छु ।”

सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले उत्कृष्ट प्रहरी अधिकृत डिएसपी भण्डारीलाई बधाई तथा शुभकामना दिएका छन् । जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कामय गर्नमा आफ्नो नेतृत्वको जिल्ला प्रहरी संगठनमा डिएसपी भण्डारीको भूमिका निकै प्रसंशापूर्ण रहेको एसपी अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

भर्खरै प्रकाशित

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

लमजुङ–काठमाडौँ कृष्णभीरको अवरोधले यात्रा कष्टकर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज