Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आर्थिक प्रलोभनमा परी वाणगंगा सिचाई प्रणालीमा करोडौंको काम मिलोमतोमा

Author Avatar साझा न्यूज 19th June 2021 , 5:52 PM
आर्थिक प्रलोभनमा परी वाणगंगा सिचाई प्रणालीमा करोडौंको काम मिलोमतोमा

कपिलवस्तु, ३ अषाढ । वाणगंगा सिचाई व्यवस्थापन कार्यालय कपिलवस्तुले आर्थिक प्रलोभनमा परी कार्यालयको करोडौं रुपैयाको काम खुला प्रतिस्पर्धा नगराई मिलोमतोमा कोटेशन प्रक्रियाबाट नहर सफाई तथा मर्मत संभारको काम संचालन गरेको छ । कार्यालयले वाणगंगा सिचाई प्रणाली अन्र्तगतको उपभोक्ता संस्थाका पदाधिकारीहरुसंगको मिलोमतोमा खुला प्रतिस्पर्धा नै नगरी फुल रेटमा काम गराएको छ । प्रतिस्पर्धा आह्वान गरी निकै सस्तोमा सम्पन्न हुने कामलाई अषाढ मसान्त नजिकिदै गरेको बाहाना बनाएर कमिशनको लोभमा यस्तो काम गरिएको कार्यलयकै कर्मचारीहरु बताउंछन् ।

पांच पांच लाख रुपैया भित्रको टुक्रा बनाएर कार्यालय र जल उपभोक्ता संस्थाका पदाधिकारीहरुको मिलोमतोमा काम शुरु गरिएको छ । ५ लाख रुपैया बढीको एउटै प्रकृतिको कामलाई खुला प्रतिस्पर्धाबाट घटी घटाउमा गर्नु पर्ने सरकारी प्रावधान छ । बढी कमिशनको लोभमा कार्यालयले प्रतिस्पर्धा नै नगराई जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले ल्याएको फर्मलाई फुल रेटमा काम दिएको छ । तर कार्यालय प्रमुख कोपिला श्रेष्ठले भने छिटो छरितो ढंगबाट काम सम्पन्न गर्न यस्तो प्रक्रिया अनुसार काम गराईएको बताउंछिन् ।

सिचाई प्रणाली अन्र्तगतको नहर सफाईका लागि कार्यालयले आफैले निकै सस्तो दरमा ब्याक हु लोडर र एक्साभेटर भाडामा लिईएको छ । तर भुक्तानीका लागि भने नेपाल सरकारको नम्स अनुसारको फुल रेटमा फर्मको कागज पत्र मिलाएर गर्ने तयारी गरिएको छ । कार्यालयले गरेको यस्तो कार्य प्रक्रिया प्रति लुम्विनी प्रदेश निर्माण व्यवसायी संघले विरोध जनाएको छ ।

संघका प्रशासनिक उपमहासचिव दिनेश हमालले खुला प्रतिस्पर्धाबाट घटी घटाउनमा गर्नु पर्ने काम कमिशनको खेलमा टुक्रा टुक्रा गरेर गर्नु नियमित विपरित हो, उपमहासचिव हामालले भने, “कार्यालयबाट सम्पादन गरिने सम्पूर्ण निर्माण सम्वन्धी कामहरु पारदर्शी ढंगबाट खुला प्रतिस्पर्धाबाट गराईयोस् । कमिशनका लागि यसरी अपनाईने चोर बाटो संघको लागि कदापी मान्य छैन ।”

कार्यालयले कोटेशन प्रक्रियाबाट करोड रुपैयाको यो कामबाट सरकारको खर्च समेत बढेको छ । खुला प्रतिस्पर्धाबाट यही काम गर्न आह्वान गरेको भए करीब २५ देखि ४० प्रतिशत घटी घटाउ सम्मै यो काम सम्पन्न हुन सक्छ । काममा कार्यालयका प्रमुखको नेतृत्वमा कर्मचारीहरुको ठुलै कमिशनको खेल रहेको छ निर्माण व्यवसायीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

कपिलवस्तुमा बस दुर्घटना १९ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना १९ जना घाइते

भर्खरै प्रकाशित

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज