जबर्जस्ती करणी मुद्दामा उच्च अदालत तुल्सिपुर नेपालगंज इजलासबाट २०७६ फागुन ४ गते सजायको फैसला भएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।
बलात्कार मुद्दामा ४ वर्ष ७ महिना ७ दिन कैद सजाय तोकिएपछि फरार रहेका बर्दिया बढैयाताल गाउँपालिका वडा नं। ३ बस्ने आकाश थारुलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलिले यही असार १६ गते लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
थारुलाई बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरीले जनाएको छ ।














































