Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

४० हजारमा कबाडीमा बेच्न खोज्दा समातिए कार चोर

धदिङबाट चोरी भएको कार दाङमा फेला

Author Avatar साझा न्यूज 7th July 2021 , 7:11 AM
४० हजारमा कबाडीमा बेच्न खोज्दा समातिए कार चोर

नारायण खड्का

दाङ,असार २३

कबाडमा ४० हजारमा कार बिक्रि गर्न गएका एक किशोर पक्राउ परेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्युरोडका १७ वर्षीय नवीन सार्की मंगलबार तुलसीपुरकै एक कबाड उद्योगमा बा १६ च ८७३५ नम्बरको कार बिक्री गर्न भनेर जाँदै गर्दा प्रक्राउ परेका हुन्।

सबै कन्डिसन ठिक अवस्थामा रहेको र हालको बजार मुल्य झन्डै ३० लाख जति पर्ने कार कवाडमा बेच्न खोजेको सूचना पाएपछि प्रहरीले सार्कीलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार कार आफैं चलाएर कबाड उद्योगमा बिक्रीका लागि जाँदै गरेका सार्कीलाई दिउँसो प्रहरीले तुलसीपुरबाटै पक्राउ गरेको हो।

‘३० लाख पर्ने राम्रै कन्डिसनको कार ४० हजारमा कबाडमा बिक्रि गर्न खोज्नुको  पछाडि पक्कै केही रहस्य छ भन्ने मलाई लाग्यो,’ डिएसपी अर्यालले भने, ‘अनि सूचना मिल्नासाथ मैले कबाड उद्योगतर्फ जाने बाँटोमा तत्कालै सवारी चेक जाँचका लागि प्रहरी खटाएँ,’ उनले भने।

जिल्ला र जिल्ला बाहिरबाट मोटरसाईकललगाएत गाडीसमेत चोरीका घटना भइरहेको हुँदा प्रहरीले मोटर गाडीका वर्कसप, कबाड पसल सञ्चालकलगायतलाई कुनै ब्यक्तिमाथि आशंका लागे सूचना दिन यसअघिनै आग्रह गरेको थियो।

यसैबीच सार्कीले ४० हजारमा कबाडमा कार बेच्न खोजेको सूचना प्रहरीले पाएको थियो। त्यही सूचनाका आधारमा प्रहरीले सार्कीलाई पक्राउ गरेको डिएसपी अर्यालले जानकारी दिए।

डिएसपी अर्यालका अनुसार चेक जाँचमा खटिएको प्रहरी टोली देख्नासाथ कार चलाईरहेका सार्की आत्तिएका थिए।

प्रहरीले मागेपछि सार्कीले हड्बडाउँदै गाडीका कागतपत्र पनि देखाए। त्यसपछि प्रहरीले उनीसँग सवारी चालक अनुमति पत्र मागेको थियो। तर हालसम्म लाइसेन्स नलिएका सार्की देखाउन सकेनन्।

त्यसैले प्रहरीले कारसहित सार्कीलाई नियन्त्रणमा लिएर इप्रका तुलसीपुरमा पुर्‍याएको डिएसपी अर्यालले जानकारी दिए। सोधपुछका क्रममा सार्कीले उक्त कार आफूले धादिङबाट चोरेर ल्याएको स्वीकार गरेको डिएसपी अर्यालले बताए।

सार्की तुलसीपुर–घोराही सडक खण्डमा सञ्चालन हुने बसमा सह-चालक भएको डिएसपी अर्यालले जानकारी दिए।

प्रहरीका अनुसार सार्की लकडाउनकै बीचमा साथीसँग काठमाडौं पुगेका थिए। काठमाडौंको थानकोटमा प्रहरीलाई आग्रह गरि एउटा ट्रकमा चढेर धादिङसम्म आइपुगे। तर, ट्रक त्यहीँ रोकियो। त्यही समयमा सार्कीले सडक किनारमै रोकिराखेको कार नियाले। त्यसभित्र मानिस कोही थिएन। ढोका ताने खुल्यो। चाँबी पनि गाडीमै थियो। तेल हेरे, दाङ आउन पुग्ने तेल देखे।

त्यसपछि सार्कीले त्यही कार चलाएर दाङतर्फ लागे। गाडीले कतै धोका दिएन। रातको समयमा कतै पनि चेकजाँच भएन। मागेको ठाउँमा गाडीको काजपत्र देखाउँदै तुलसीपुरसम्म आइपुगे।

डिएसपी अर्यालका अनुसार सार्कीले यसअघि पनि चोरी गर्ने गरेका थिए। उनी बिरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा दुई वटा चोरी सम्बन्धि मुद्दा छ। एउटा मोटरसाईकल र अर्को कार चोरी सम्बन्धि मुद्दा सार्कीका बिरुद्ध चलेको अभिलेख प्रहरीसँग छ।

सार्की यसअघि दुई पटक गरि ६ महिना सुधार गृहमा बसेको खुल्न आएको डिएसपी अर्यालले  बताए ।

मेरो घर अगाडि पार्किङको कार चोरी भएको हो – गाडी मालिक रूपाखेती

कार मालिक दिनेश रूपाखेतीका अनुसार बा १६ च ८७३५ नम्बरको उनको कार असार १५ गते राति चोरी भएको हो।

‘मैले राजमार्ग छेउमै घर अगाडि धादिङको महादेबबेसीमा पार्किङमा राखेको कार राति चोरी भएको हो,’ रूपाखेतीले भने, ‘आज चोरी भएको कार तुलसीपुरमा फेला परेको खबरले निकै खुसी लागेको छ‍।’

रूपाखेतीका अनुसार उनले उक्त दिन कार पार्किङमा राख्दा गाडी लक गर्न भुलेका थिए। ‘मैले सँधै गाडीका कागजपत्र गाडिमै राख्थेँ,’ उनले भने, ‘तेल पनि फूल थियो।’

सिसी क्यामेरा फूटेजमा कार रातको ११ बजे चोरी भएको देखिएको उनले बताए।  उनले उक्त कार आफूले ३ वर्ष अगाडि २० लाखमा किनेको  बताए। तर, अहिले नयाँ किन्दा उक्त कारको मूल्य ३० लाख जति पर्ने उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भर्खरै प्रकाशित

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज