–ईसाझा न्यूज प्रतिनिधि
‘महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान’ भन्ने मुल नारालाई आत्मसात गर्दै मेचीमहाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्लाका बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिका, मायादेबी गाउँपालिका लगायतका पालिकाभित्र रहेका अति बिपन्न, एकल महिला, गर्भवती, सुत्केरी र अपाङ्ग गरी ५० घर-परिवारलाई खाद्यान्न बितरण गरेको हो ।
आवाजले कोरोनाको कहरको समयमा आफ्नो सानो सहयोगले गरिब तथा अति बिपन्नहरुको घरमा चुलो बलोस भन्ने उद्देश्यले राहत बितरण कार्यक्रमको आयोजना गरेको हो ।
मेचीमहाकाली बुहारी संयुक्त आवाजका जिल्ला संयोजक चन्द्रा अर्याल र सह संयोजक दिना सुवेदी (कमाल)ले महिला तथा बालबालीकाको सेवाको साथ-साथै समाजमा हुने हिंसा न्यूनीकरण तथा गरिव दुखिको पिडामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश संयोजक लता खड्का, उपाध्यक्ष सुष्मा खाण , सचिव अन्जु बन्जाडे, सह-सचिव अन्जु अधिकारी, कोषाध्यक्ष निर्मला न्यौपाने भुषाल, सह कोषाध्यक्ष ज्ञानु पौडेल , सदस्य नारायणी सिंह के सी, सदस्य सिवालिक चौधरी, आजिवन सदस्य सरीता अर्याल, अनु पौडेल, सुनीता आचार्यका साथै प्रेस सल्लाहकार भगवती न्यौपाने र पत्रकार राधा पान्डेको सहभागिता रहेको थियो ।
















































