Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको माग्यो राजीनामा

Author Avatar साझा न्यूज 16th July 2021 , 6:08 PM
विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको माग्यो  राजीनामा

नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनमा माग गरेका हुन् ।

निरन्तर वैधानिकतामाथि प्रश्न उठाउँदै आएको गठबन्धन दलले सरकारले संसद छलेर अध्यादेशबाट बजेट जारी गरेपछि थप असन्तुष्टि जनाएका छन् ।

पत्रकार सम्मेलनमा विपक्षी गठबन्धनमा संलग्न दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै स्वेच्छाचारी ढंगले सरकार संचालन नगरि तत्काल राजीनामा दिन मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेपछि हठात् रुपमा प्रदेशसभा अधिवेशन अन्त्य गरि अध्यादेशमार्फत बजेट ल्याएको बताए ।

मुख्यमन्त्रीको राजीनामा माग्दामाग्दै थाकिसकेको बताउँदै उनीहरुले प्रदेश सरकारसँगै प्रदेश प्रमुख धर्मनाथ यादवसँग उस्तै असन्तुष्टि जनाएका छन् । बिहीबार राती संसद अन्त्य र शुक्रबार प्रदेश प्रमुख धर्मनाथ यादवले बजेटसम्बन्धि दुइवटा अध्यादेश जारी गरेलगत्तै विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गरी उक्त अध्यादेशको विरोध गरेका हुन् ।

लुम्बिनी सरकार वैधानिकताविरुद्ध आन्दोलित भएका विपक्षी गठबन्धन दलले बैशाखको शुरुआतीदेखि आन्दोलन थालेका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक बसन्त घर्तिले प्रदेशसभामा बजेटमाथी उठेका प्रश्नहरुको विभागिय मन्त्रीहरुले समेत जवाफ दिईसकेपछि बजेट अधिवेशन अन्त्य गरेर सरकारले स्वेच्छाचारी, असंवैधानिक र अलोकतान्त्रिक काम गरेको बताए ।

कार्यसूची अनुसार बजेट निर्णयार्थ प्रस्तुत गर्दागर्दै सरकार र सत्तापक्षकै सांसदहरुले प्रदेशसभाको बैठक बहिष्कार गरेर हतास मानसिकताबाट ग्रसित भई अधिवेशनको अन्त्य गरेको उनको आरोप थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज