Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘विदेशमा उपचार गर्नेको खर्च सरकारले व्यहोर्नु गैरकानुनी’

Author Avatar साझा न्यूज 21st July 2021 , 1:55 PM
‘विदेशमा उपचार गर्नेको खर्च सरकारले व्यहोर्नु गैरकानुनी’

काठमाडौँ। नेपाली कांग्रेसक युवा नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार खर्चबारे प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा उपचाररत एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने बताएपछि थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

थापाले , २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा गरिएको संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, भन्ने व्यवस्था रहेको स्मरण गराएका छन् ।

उक्त कानून २०७५ असोज २ गतेदेखि लागू भइसकेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’

थापाले खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको भन्दै उनीसँग संसदमा सँगै काम गर्न आफूहरु प्रतिक्षारत रहेको बताएका छन् ।

उनलाई उपचारका लागि सहयोग जरुरत नै परेको खण्डमा देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको उल्लेख गर्दै बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’

थापाले अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी देउवा सरकारले बोक्ने छैन भन्नेतर्फ सचेत पनि गराएका छन् ।

पूर्व-प्रधानमन्त्री खनाल केही सातादेखि मिर्गौलालगायत समस्याले गर्दा दिल्लीमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

कपिलवस्तुमा बस दुर्घटना १९ जना घाइते

कपिलवस्तुमा बस दुर्घटना १९ जना घाइते

भर्खरै प्रकाशित

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

असहाय बालबालिकालाई सहयोग गर्दै बुद्ध जयन्ती मनाइयो

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुका दुई पेट्रोल पम्पमा बिक्री–वितरण रोक

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न

कोशी प्रदेशमा दुर्घटनामा कमी

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज