Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जनताले खोप मागे, ओलीले मतपत्र दिन खोजेः चित्रबहादुर केसी

Author Avatar साझा न्यूज 23rd July 2021 , 4:35 PM
जनताले खोप मागे, ओलीले मतपत्र दिन खोजेः चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बर्हिगमनमा परेको केपी शर्मा ओली नेतृत्वको सरकारले जनताका कुरा सम्बोधन गर्न नसकेको बताएका छन् ।

जनताका अघि कम्युनिष्ट पार्टी पनि चुकेको भन्दै उनले अरु प्रतिक्रियावादीको विश्वास पहिल्यै गुमेको अवस्थामा पाँच वर्ष जनताले पठाएका बेला कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्न नसकेको बताए। उनले भने, ‘नेताहरुले आफूलाई बनाउन राजनीति गरेका छन्। परिवार बनाएका छन्। कम्युनिष्ट भनिरहने अनि सम्पत्ति कमाइरहने प्रवृति हावी भएको छ। जनताको विश्वास जित्न सकेका छैनन्।’

उनले पटकपटक संसद विघटन गर्ने प्रवृति अन्त्य गर्नुपर्ने बताए। उनले भने, ‘वर्तमान संसदीय व्यवस्था अन्त्य हुनुपर्छ भन्ने सैद्धान्तिक भनाइ ठिकै होला। तर जनवादी क्रान्ति सम्भव छैन। अहिलेको संसदीय व्यवस्थालाई सुधार गर्न सकिन्छ। पैसा भएकाहरु जाने हो संसदमा१’

उनले जनताले खोप मागेका बेला ओली सरकारले निवार्चनका लागि ‘व्यालेट पेपर’ दिने निर्णय गर्नु कम्युनिष्ट आन्दोलनबिपरीत भएको बताए।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलमा शुक्रबार आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो बिषयक प्रवचन कार्यक्रममा उनले भने,‘ सर्वोच्चको फैसला न्यायपूर्ण छ। अहिलेको विकृतिलाई रोक्न सर्वोच्चको भूमिका अहम् छ।’

उनले केपी ओली नेतृत्वको सरकारले बिचित्रको काम गरेको उल्लेख गरे । जनता कोरोना महामारीबाट ज्यान खोप माग्ने तर सरकार भने भोट माग्ने बिचित्रको राजनीति भएको बताए ।  नेता केसीले चुनाव जित्नका लागि खर्च गर्ने र चुनाव जितेपछि भष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको बताउँदै आफूले प्रत्यक्ष रुपमा यस्ता घटनाहरूको साक्षी भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज