काठमाडौं । मंगलवार बसेको मन्त्रिपरिषद बैठकले रेल विभागका महानिर्देशक दीपक कुमार भट्टराई (गुरू भट्टराई)लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
रेल विभागले विभिन्न ठेक्कापट्टामा चलखेल गरेको गुनासो सुनिँदै आएको थियो । विशेषगरी काँकडभिट्टादेखि सुनसरी–इनरुवासम्मको रेल्वे लाइनसम्बन्धी ठेक्कामा चलखेल भएको बताइँदै आएको छ ।
सोही कारण स्पष्टिकरण सोधिएको बताइएको छ ।
















































