नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूसँग राजीनामा नमागिएको दाबी गरेका छन्।
बरू अन्यत्र गएर काम गर्न भनिएको उनी बताउँछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितिमा शाक्यलाई राजीनामा दिन आग्रह गर्दै कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रक्रिया अगाडि थाल्न निर्देशन दिएका थिए।
आफूसँग प्रधानमन्त्रीले राजीनामा नमागेको शाक्यले आज पत्रकारहरूसँग बताए। पत्रकारहरूसँगको भेटघाटमा शाक्यले भने, ‘मसँग कुनै राजीनामा मागिएको छैन। बरू अन्यत्र जानु भन्नेछ। मलाई सरकारले जे जिम्मेवारी दिन्छ एउटा कर्मचारीको हिसावले लिन तयार छु।’
तर अन्यत्र काम गर्न पठाउने हो भने दण्डित गरेर नभई आवश्यकता देखाएर लैजानुपर्ने उनी बताउँछन्।
















































