-अभिनव गुप्ता, नेपालगंज
ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ परेका छन्। नेपालसंग सिमा जोडिएको भारतको रुपैडिहा बजारमा विशेष सूचनाको आधारमा १७५ ग्राम ब्राउन सुगर सहित २१ वर्षीय ताज बाबु पक्राउ परेका हुन् ।
भारतिय थाना प्रमुख अभय सिंहको टोली र एसएसवी असिस्टेण्ट कमाण्टेन्ट सुमित भारद्धाजको संयुक्त टोलिले सूचना पाए लगत्तै घसियारन टोलका युवा बाबुलाई पक्राउ गरिएको वताईएको छ ।
बरामद भएको लागु औषधको मुल्य करिव १ करोड ७५ लाख रुपैयाँ रहेको रुपैडिहा थाना प्रमुख अभय सिंहले जानकारी दिनु भयो।
सो परिणामको लागू औषध भारतबाट नेपाल भित्र्याउन प्रयासमा रहदा पक्राउ गरिएको भारतिय प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
नेपाल- भारत सिमावर्ती क्षेत्र खुला भएकोले वेला वेलामा लागू औषध तस्करहरुले प्रहरीको आखाँ छल्दै नेपाल भित्राउने गरेको कुरा जानकारहरु वताउछन्।
















































