एजेन्सी। भारतीय व्यापारी एवं अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा धरौटीमा रिहा भएका छन्।
अश्लील भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेका उनलाई मुम्बई अदालतले सोमबार साँझ धरौटीमा रिहा गरेको हो।
राज र उनका आईटी प्रमुख रियान थोर्पेलाई अश्लील फिल्म बनाएको अभियोगमा गत जुलाई १९ मा पक्राउ गरी हिरासतमा राखिएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई ५० हजार रुपैयाँ धरौटीमा अदालतले हिरासतमुक्त गरेको हो। यस्तै उनका सूचना प्रविधि (आईटी) प्रमुख थोर्पेलाई पनि धरौटीमा रिहा भएका छन्।
















































