Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गणतंत्रमा जनताका आवश्यकता के हुन् भन्ने कुरा बुझ्न आवश्यक हुँदैन र ?

Author Avatar साझा न्यूज 30th September 2021 , 5:51 PM
गणतंत्रमा जनताका आवश्यकता के हुन् भन्ने कुरा बुझ्न आवश्यक हुँदैन र ?

–प्रीति रमण

संसदवादी दलका राजनीतिक नेताहरु राजतंत्र ढलेको १५ बर्षपछि पनि राजतंत्र पुनस्र्थापना होला कि भनेर डराउने स्थिति विकसित भइरहेको छ । अहिलेको अवस्थामा सडकमा देखा परिरहेको राजाबादीहरुको नाराबाजी र संसदमा गणतन्त्रवादीहरुको गाईजात्राले गणतन्त्रप्रति जनतामा वितृष्णा पैदा गराइरहेको छ । गणतंत्रवादी नेताहरुले राजतन्त्रबादीहरुलाई  गाली गर्ने बाहेक अरु केही ठाउँ छैन । राजतंत्र विघटन भइसकेपछि देश र जनताको पक्षमा एउटा सिन्को भाँच्न समेत नसकेका नेताहरुले अव राजालाई गाली गर्नुको कुनै अर्थ छैन । राजाले नेताहरुको निर्णयलाई सहर्ष स्वीकार गरेर नारायणहिटीबाट बाहिरिएको घटनालाई सम्झना गर्ने हो भने पूर्वराजा ज्ञानेन्द्र नै बास्तविक लोकतंत्रबादी राजा हुन् भनेर दावी गर्न सकिन्छ ।

राजतंत्रकालमा जबसम्म दलबिहिन राजनीतिक प्रणाली थियो, तबसम्म दलीय स्वतन्त्रता रहने कुरै भएन । संविधानमै यस्तो व्यवस्था गरिएको थियो । सरकारले संविधानलाई कार्यान्वयन गर्ने सरकारको कर्तव्य हुन्छ । तर आठबर्षसम्म समय लगाएर गणतंत्रवादी नेताहरुले बनाएको संविधानमा राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउने आधार छैन । तर राजनीतिक दललाई नै प्रतिबन्ध लगाएर तीन वर्षसम्म डरलाग्दो वातावरण सृजना गरियो । दलबिहीन पञ्चायती व्यवस्थामा दलहरुमाथि प्रतिबन्ध लागेको भए पनि दलीय गतिविधि देख्दा बित्तिकै गोली हानेर मार्नु भन्ने आदेश हुन सकेको पाइएन । तर लोकतान्त्रिक भनिएको संविधान मातहतमा राजनीति गर्नेक्रममा भ्रष्टाचारको बिरोध गर्ने दललाई प्रतिबन्ध लगाएर पञ्चायतकाललाई उछिन्ने काम भयो । यो अवस्थाले जनतामा बरु राजा नै ठीक भन्ने सोच आउनु स्वाभाविक हो ।

दुई तिहाई बहुमतको निकट हैसियतसहित शक्तिशाली प्रधानमन्त्री बन्न पुगेका केपी ओलीले आफ्नो साढे तीनवर्षे शासनकालमा गणतंत्रको अशली रुप देखाईदिएका हुन् । भ्रष्टाचार नै गणतंत्रको उत्कृष्ट काम हो भन्ने सन्देश ओली सरकारको कार्यशैलीबाट जनताले महसुस गरे । ट्रान्सपरेन्सी इन्टरनेशनलले समेत  ओली नेतृत्वको सरकारलाई एशियाली मुलुकमै भ्रष्ट सरकार भनेर प्रतिवेदन तयार गरेपछि दुई तिहाई बहुमतका हैसियतको ओली सरकारको अवस्था देखिएको हो ।  आप्mनै कारणले ओलीको सरकार बहिर्गमन भयो  र पाँच गठबन्धन दलका साझा उम्देवारको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । सरकार गठन भएको तीन महिना पुग्नै लाग्दासमेत यो सरकारको कार्यशैली जनअपेक्षित हुन सकेको छैन । यही कारणले गर्दा राजनीतिक दलका नेताहरुप्रति जनतामा  निराशा पैmलाएको छ । यो दोष राजाको वा राजाबादीहरुको अवश्य होइन । यो दोष गणतंत्रवादी राजनीतिक दलका नेताहरुको गलत चिन्तन, गलत कार्यशैली र परिवारवादी सोचको परिणाम हो भन्ने कुरा स्पष्ट छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि उन्को कदम असम्बैधानिक हो कि हैन भन्नेबारे अदालतमा लामो समय बहस चल्यो । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नैतिकताको राजनीतिक गर्ने सोच भएका व्यक्तिहरुले सांसद पदबाटै राजिनामा गर्नु पर्ने अवस्था हो । तर संसद विघट्न गरेका प्रधानमन्त्री केपी ओलीले संसद पुनस्र्थापना भएपछि प्रधानमन्त्री पदबाट समेत राजिनामा नगरेर पदलोलुपता देखाएर राजनीतिमा नैतिकता छैन भन्ने सन्देश  दिएका छन् । पञ्चायतकालमा सिंहदरवारमा आगलागी हुँदा बालुवाटारमा सुतेका प्रधानमन्त्री कीर्तिनिधि बिष्टले नैतिकआधारमा राजिनामा गरेका थिए । राजाबादीहरुबाट देखाइएको यो खालको नैतिक चरित्र गणतंत्रबादीहरुमा देख्न पाइएन । त्यसैले पनि सडकमा ‘राजा आउ, देश बचाउ’ भन्दै नारा लाग्ने क्रम बढ्दै गएको छ ।

संबिधानमा दिईएको अधिकार प्रयोग गरेर राजाले प्रतिनिधिसभा बिघटन गर्दा राजालई निरंकुश भनिएको थियो । तर राजाले विघट्न गरेको प्रतिनिधिसभा आपैm पुनस्र्थापना पनि गरेका थिए । आपैmले पुनस्र्थापना गरेको प्रतिनिधिसभाले राजालाई कार्यवाही गरेर  जिम्मेवारीबिहिन गरायो । राजाले त्यसलाई सहर्ष स्वीकार गरे । तर राजनीतिक दलका नेताहरुले यस्तो नैतिकता देखाउन सकेका छैनन् ।

अहिलेको गणतंत्रलाई सबैभन्दा उत्कृष्ट लोकतंत्र भन्ने गरिएको छ । लोकतंत्रमा जनताको आवाज सुन्नु पर्दछ । लोकतंत्रमा लोककै आवाज सुनिदैन भने त्यो लोकतंत्र लोकको लागि हुँदैन । लोकतंत्र जनतामा पुग्न सकेको छैन । राजतंत्रमा भन्दा फरक अनुभूति लोकतंत्रमा जनताले गर्न पाइरहेका छैनन् । मतदान गर्ने अधिकार पञ्चायतकालमा पनि थियो । जनप्रतिनिधि चुनेर पठाउने परम्परा पञ्चायतकालमा पनि थियो, तर अहिले पनि त्यो भन्दा भिन्नता केही देखिएको छैन । अहिले गणतंत्रका निर्वाचित जनप्रतिनिधिले जनताबाट प्राप्त अधिकारको प्रयोग गर्दा जनताका निम्ति गर्नुपर्नेमा नेता र विदेशी शक्तिका निम्ति गरिरहेका छन् । यही कारणले गर्दा गणतंत्र जनताको तंत्र बन्न सकेको छैन ।

लोकतंत्रको सबैभन्दा सुन्दरपक्ष बोल्ने स्वतंत्रता हो । तर जनताले बोलेको कुरा सुनिदैन भने त्यो बोल्नुको के  अर्थ ? कुकुर भुक्नु र नेताहरुसँग जनता बोल्नुको समान अर्थ लगाईन्छ भने गणतंत्रप्रति जनतामा अपनत्वभाव कसरी हुन सक्छ ? शासकहरुलाई गणतंत्रमा जेसुकै गर्ने अधिकार सुरक्षित देखियो । संसारका धेरै गणतांत्रिक मुलुकहरुमा यस्ता अभ्यास शासकहरुबाट भैरहेका देखिएका छन् । के गणतंत्रमा जनताको अधिकार हुँदैन ? जनताले पार्टीका नाममा मतदान गर्नु बाहेक के फरक देखियो गणतंत्रमा ?

खान नै नपाईने तंत्रलाई के भन्ने ? काम नपाउने तंत्रलाई के भन्ने ? रोजगारी खोज्न विदेश जानपर्ने तंत्रलाई के भन्ने ? विदेशीहरुको स्वार्थ बाहेक अरु देशको हितमा दलका नेताहरुले सोच्नै नसक्ने तंत्रलाई के भन्ने ? यस्तो तंत्रलाई लोकतंत्र भन्न सकिन्छ ? यही कारणले गर्दा जनता राजालाई गुहार गर्दै सडकमा उत्रिएका छन् भन्ने कुरा नेताहरुले समयमै बुझ्न सकेनन् भने पछि पश्चाताप गरेर केही अर्थ रहनेछैन ।-जनधारणा साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज