नेपाली काँग्रेसको १४ औं अधिवेशन अहिले बृहत रुपमा निरन्तर चलिरहेको छ । वडा, स्थानीय , क्षेत्रिय, जिल्ला स्तरका अधिवेशनहरु सम्पन्न भई सकेकाछन । १६ जिल्लाका अधिवेशनहरु बाहेका अन्य जिल्लाको अधिवेशनले आफ्ना जिल्लाहरुमा नेतृत्व छानी सकेका छन । बाँकि जिल्लाहरुको केन्द्रिय अधिवेशन पछि मात्र गर्ने भन्ने निर्णय भएको छ । बिगतमा पटक पटक स्थगित गरि , धेरै कसरत पछि बल्ल अधिवेशनहरु भएकाछन । यस बाट पनि बर्तमान काँग्रेसको नेतृत्वको कमजोरी उजागर भएको छ । अन्य पार्टिका अधिवेशनहरु एकै दिनमा बृहत जनसहभागिता सहित सम्पन्न हुुँदा नेपाली काँग्रेसको हालको नेतृत्व पक्ष, जो संस्थापन पक्ष हो , सत्तामा समेत छ तर अधिवेशन सम्पन्न गर्न नसकि विवादमा अल्झीरहेको अवस्था छ । कार्यकर्ता लाई गुुट उपगुुटमा बिभाजन गरि , आन्तरिक किचलोमा परेको कुरा सबै सामुु जगजाहेर भएको छ । यो बर्तमान नेतृत्वको कमजोरी हो , त्यसकारण पनि यो नेतृत्वले अबको काँग्रेसलाई अगाडी लैजान नसक्ने कुरा प्रमाणीत भई सकेको छ ।
एक लोकतान्त्रिक पार्टि , जसले देशमा इतिहास रचेको छ , निरंकुश तानाशाहि ब्यवस्था बिरुद्ध क्रान्तीको बिगुुल फुुकेको छ , त्यस्तो पार्टिलाई आज अरु दल सँग मिलेर गठबन्धन बनाई निर्वाचनमा होमीनु पर्छ भन्ने धारणा कदापी उचित हुन सक्दैन । अपार जनसमर्थन रहको नेपाली काँग्रेस प्रति आस्था र जनबिश्वासमा कमी आएको आँकलन गर्न कदापी सकिदैन । नेतृत्वका आफ्नै कमजोरीका कारण , यो दुराअवस्था आएको कुरामा कुुनै दुुई मत छैन । जनताको समर्थनमा कुुनै कमी आएको छैन । केहि लोकप्रिय मतहरु घटेर खासै फरक पर्दैन । मुुख्य कमजोरी संगठनात्मक पक्षको हो , जसमा नेतृत्व चुुकेको छ । पहिलो नम्बरमा रहेको , मूुल धारको प्रमुुख पार्टिलाई , यथास्थानमा कायम राख्न अब संस्थापन पक्ष असफल भइ सकेको ले पनि नेतृत्व परिवर्तन अहिलेको आवश्यक्ता हो ।
पार्टि स्थापना गरेको पहिलो पुुस्ता पछि , दोश्रो पुुस्ताका नेताहरु बाट भए गरेका गतिविधिहरु सन्तोषजनक रहेनन । राणा शासन बिरुद्धको क्रान्ति , बहुुदलिय ब्यवस्था पुुर्नस्थापनाका लागी भएको क्रान्तीको नेतृत्व पहिलो पुुस्ताका नेताहरुले गरे । उनीहरुको आत्म बिश्वास र निर्भिक त्यागलाई हामी सबैले सम्मान गर्नुु पर्छ । त्यसबाट प्राप्त उपलब्धिको फाइदा दोश्रो पुुस्ताका नेताहरुले लिए । फलस्वरुप बर्तमान सत्ताधारीहरु पटक पटक सरकारमा बसेकाछन । शासन सत्ताको आहालमा रमाएकाछन । पहिलो पुुस्ताका पार्टि स्थापना गर्ने नेताहरु गणेशमान , किसुन जी र गिरिजा बाबुुको त्याग र बलिदानलाई बिर्सेर , अहिले पार्टि र सरकारको नेतृत्व आफैले गरि राखेको अवस्था छ । नेतृत्वमा बस्नुु सँग कुुनै सिकायत होइन , तर बिगतको ठूूलो दललाई अहिले दोश्रो दलमा पुुर्याएको कारण कार्यकर्ता बाट असन्तुुष्टि ब्यक्त भएको हो । यहि प्रबृत्तिको नेतृत्व रहि रहयो भने जनताको काँग्रेस प्रतिको मोह बिलिन हुुँदै जान्छ । उत्साह बिना कुुनै काम हुुन सक्दैन । निराश कार्यकर्ता बाट राजनैतिक पार्टिले कुुनै उपलब्धि हासिल गर्न सक्दैन । यो बिषय बस्तुु पेचिलो रुपमा प्रस्तुुत भएको छ । यसलाई सम्बोधन गर्नुु अहिलेको आवश्यक्ता पनि हो ।
पुुस्ता हस्तान्तरणको कुरा अहिले अधिवेशनमा ब्यापक चर्चाको बिषय बनेको छ । अबको पुुस्ता बिगतमा बिपि , गणेशमान र किसुन जी सँगै रहेर काम गरेको होइन । उनीहरुको बिचार लाई आर्दश मानेर , पदचाप पछयाई रहेको पुुस्ताको खाँचो हो । सधै एकै ब्यक्ति मात्र पार्टि सभापति भएको कार्यकर्ता लाई चित्त बुुझेको छैन । यस १४ औं अधिवेशनले नीति परिवर्तन नगरे पनि नेतृत्व परिवर्तन गर्नुु पर्छ भन्ने सबैको मान्यता हो । ब्यापक रुपमा चर्चामा रहेको नेपाली काँग्रेसको यूूवा पुुस्ता भन्ने , तेश्रो पुुस्ता मा नेतृत्व हस्तान्तरण गर्ने हो भने आम कार्यकर्तामा ब्यापक सन्तुुष्टि आउन सक्छ । जुुन प्रत्यक्ष रुपमा संस्थापन ईतर पक्ष सँग सम्बन्धित छ । अहिलेको नेतृत्वलाई सबैले देखि सकेकाछन । त्यसैकारण यस अधिवेशनमा संस्थापन ईतर पक्षका महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिहरु बिगतमा भन्दा केहि बढेको आँकलन गर्न सकिन्छ ।
दोश्रो आन्दोलनबाट प्राप्त उपलब्धि संघियता , गणतन्त्र र धर्म निरपेक्षताको संरक्षण गर्नुु अहिलेको आवश्यक्ता हो । यसलाई संस्थागत गर्नुु नेपाली काँग्रेसको जिम्मेवारी पनि हो । जसरी बहुुदलिय ब्यवस्थाको स्थापना गरि लोकतन्त्रको बहालीका लागी , यो पार्टिले धेरै कसरत गरेको छ , त्यसरी नै गणतन्त्र र संघियताका लागि पनि लडेको छ । पार्टिका यी मूूल सिद्धान्तमा आँच आउन नदिई , यी सिद्धान्तलाई जीवन्त राख्न संस्थापन पक्ष असफल भएको छ । बिपक्षि पार्टिका प्रस्तावहरु स्पष्ट भए पनि नेपाली काँग्रेसले आफ्नै बिचार राख्न सकेको देखिन्न । अबका दिनमा यी बिषयलाई आफ्नो मौलिक सिद्धान्त हुन , यसबाट हामी बिचलित हुने छैनौ भन्ने बचनबद्धता ब्यक्त गर्नुु अहिलेको आवश्यक्ता हो । प्रचण्ड सँग घाँटी जोडेर संबिधानले प्रत्याभूति गरेको गणतन्त्र , धर्म निरपेक्षता र संघियता प्रतिको प्रतिबद्धता पुुरा हुुन्न । जसरी ओलीलाई बहुुमतको सरकार हुुँदा हुुँदै सरकार बाट बाहिरिनुु पर्यो , त्यहि स्थिति आउन सक्छ । त्यसकारण पार्टि बलियो भए मात्र सरकार बलियो हुुनसक्छ । यसर्थ संस्थापन ईतर सँग तर्क , अध्ययन र संगठन गर्न सक्ने क्षमता छ भन्ने आम कार्यकर्ताको बुुझाई हो ।
राजनीतिक दलहरु बिचारले निर्देशित हुनुु पर्छ । पैसा र पावरले होइन । सत्ता र सरकारलाई मूल लक्ष्य बनाउनेले जनभावनाको कदर पनि गर्न सक्नुु पर्छ । अहिलेको अधिवेशनमा भएको नेतृत्वको होडबाजीमा लाग्ने गरेको आरोप पनि यहि हो । काँग्रेस लाई यसै पनि धनिहरुको पार्टि भन्ने आरोप छ । आन्तरिक नेतृत्वको लागि चयन गर्दा पनि यस्तो फोहोरी खेल खलिनुु उचित होइन । सत्ता र शक्तिको आडमा पार्टि कब्जा गर्न खोज्नुु शासकहरुको पुुरानो शैली हो । यसबाट आमकार्यकर्तामा असन्तुुष्टि रहन्छ । बिपिले भने जस्तै प्रजातन्त्र आए पछि सुुकिला मुुकिला हावी हुुने छन र सच्चा कार्यकर्ताले एकपटक फेरी उनीहरु बिरुद्ध आन्दोलन गर्नुु पर्छ भन्ने तथ्य चरितार्थ भएको छ । १४ औ अधिवेशनको क्रममा पनि यो कुरा प्रष्ट देखिएको छ । चाकडी, चाप्लुुसी र चम्चागिरी गरि नजिक हुुने प्रबृत्तिले इमान्दार कार्यकर्ताहरुको मान्यताको कदर हुुँदैन । तर पार्टिका आधार स्तम्भ भनेका यीनै कार्यकर्ता हुन । जुुन संस्थापन इतर पक्ष सँग धेरै छन । बिपिका आर्दशहरु लाई आफ्नो पथमार्ग र जिवन दर्शन मान्ने नेपाली काँगेसका इमान्दार कार्यकर्ताहरु अहिले संस्थापन ईतर सँगै रहको अवस्था छ । त्यसैले कोइराला परिवारको सम्बन्ध र सहकार्य पनि संस्थापन ईतर मै भएको हो ।
संस्थास्पन पक्ष भनेको पार्टिको संस्थागत बिकास सँग सम्बन्धित समूूह हो भने त्यसको बिपरित समूुह ईतर हो । यी दुुबै समूूह अधिवेशन अवधिका लागी मात्र हुन । अधिवेशनको अन्त्य पछि स्वतः स्पष्ट रुपमा यी समूुहहरुको अस्तित्व समाप्त हुुनु पर्छ । एक अर्का प्रति अधिवेशनको असन्तुष्टि लाई लिएर बैरभाव हुुनुु हुुन्न । सामुुहिक धारणा बनाइ साझा एजेण्डामा लाग्नुु पर्छ । अधिवेशनले बिचारको नेतृत्व गर्न ब्यक्ती छान्ने हो । उक्त ब्यक्तिहरु पार्टिका प्रतिनिधिहरु हुुन । उनीहरु नै जनप्रतिनिधी हुुनुु पर्छ भन्ने होइन । बरु अधिवेशनबाट आएका ब्यक्ति संगठन बिकास र बिस्तारमा अव्वल हुुनुु पर्छ । नेपाली काँग्रेसको आर्दश र सिद्धान्त लाई आत्मसात गरि , आम जनमानसको मन मनमा बस्न सक्नुु पर्छ । अनिमात्र असली लोकतान्त्रिक अभ्यास हुुन्छ । जसलाई अन्यले अनुुकरण गर्ने छन । राजनीतिक स्वतन्त्रता र आर्थिक समानता लाई बिचार दर्शन मान्नेछन ।
अबको गन्तब्य भनेको समानुुपातिक समानुुपातिक प्रतिनिधित्व सहितको संघिय लोकतान्त्रि गणतन्त्रलाई संस्थागत गर्नुु हो । राजनैतिक उपलब्धि धेरै हासिल गरियो , अबको लक्ष्य आर्थिक बिकास हो । समाजवाद लाई अंगिकार गर्दै शिक्षा, स्वास्थ्यमा भएको बेथिति लाई अन्त्य गर्न तर्फ नेपाली काँग्रेसले स्पष्ट कदम चालोस । जनतालाई न्यायको प्रत्याभुति गर्न कदम चालोस । समतामूलक समाज निर्माणमा अहम भुुमिका रहोस । यो विचार आइतबारको साझा न्यूजमा प्रकाशित छ ।
















































