Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बजेट अभावका कारण सम्भावित विश्व सम्पदा स्थलको अध्ययन सुस्त

Author Avatar साझा न्यूज 21st December 2021 , 6:48 AM
पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटको प्राचीन शाक्य साम्राज्यको अवशेष खोजी कार्य भइरहेको छ । सो क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन कार्य भइरहेको हो । यद्यपि बजेट अभावका कारण विश्व सम्पदा सूचीका लागि पहिचान गरिएका अन्य १४ सम्भावित विश्व सम्पदा स्थलको अध्ययन अगाडि बढ्न सकेको छैन । नेपालका दुई सांस्कृतिक र दुई प्राकृतिक सम्पदा स्थल विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

सरकारले मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा, खोकना, रामग्राम ९बुद्धको अवशेष स्तूप०, पनौतीको मध्यकालीन वास्तुकला, पाल्पाको तानसेन दरबार, रिडी, सिञ्जा उपत्यका, दैलेखको भूर्ति मन्दिर परिसर, लोमान्थाङको मध्यकालीन पर्खाल, कीर्तिपुरको मध्यकालीन बस्ती, बज्रयोगिनी र साँखु क्षेत्र, नुवाकोट दरबार, गोरखा दरबार, तिलौराकोट र जानकी मन्दिर गरी १५ स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी पहिचान गरेको थियो ।

पुरातत्त्व विभागका सूचना अधिकारी डा। सुरेशसुरस श्रेष्ठका अनुसार सम्भावित विश्व सम्पदाका लागि पहिचान गरिए पनि स्थानीय चासो र बजेट अभावमा सो क्षेत्रको थप अध्ययन एवं अनुसन्धान अगाडि बढ्न सकेको छैन । विश्व सम्पदामा सूचीकृत हुन आवश्यक तथ्य र प्रमाण जुटाउन अध्ययन र अनुसन्धान निकै महत्त्वपूर्ण हुन्छ । सो कार्यका लागि विशेषज्ञसहितको अनुसन्धान र उत्खनन आवश्यक हुन्छ, जुन बजेटका हिसाबले महँगो हुन्छ । उहाँले भन्नुभयो, “अनुसन्धान र अध्ययनका लागि विभागसँग बजेट पर्याप्त छैन । राज्यले अनुसन्धान र संरक्षणमा ठूलो बजेट लगानी गर्नुपर्छ ।”

उहाँका अनुसार नेपालका सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षण गरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने हो भने वार्षिक ३० करोड रुपियाँभन्दा बढीको बजेट तयार गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “नेपालका सम्पदाको अध्ययन अनुसन्धान गर्ने नै हो भने बजेट अपुग छ । भूकम्पपछि निर्माणमा केही बजेट आए पनि नियमित अनुसन्धानको बजेट निकै कम छ ।”

स्थानीय चासो र जवाफदेहिताको कमीका कारणसमेत सम्भावित विश्व सम्पदा स्थलको काम अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । सम्भावित सम्पदा सूचीमा रहेका १५ स्थलमध्ये तिलौराकोटलाई सूचीकृत गर्न सरकारले अनुसन्धानको कामलाई तीव्रता दिएको छ । शाक्य गणराज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तथ्य र प्रमाणको खोजीका लागि उत्खनन भइरहेको छ । यद्यपि तिलौराकोट सहर मात्र थियो कि राजधानीका रूपमा दरबारसमेत थियो भन्ने विषयमा अध्ययनले निष्कर्ष निकालिसकेको छैन ।

सूचना अधिकारी डा। श्रेष्ठका अनुसार सहर र दरबारका केही प्रमाण भेटिएका छन् । यद्यपि अध्ययनको निष्कर्ष निस्किसकेको छैन । फागुनसम्म केही निष्कर्ष आउला । सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न छवटा मापदण्ड हुन्छन् । तीमध्ये सांस्कृतिक सम्पदाका लागि कम्तीमा एउटा मापदण्ड र प्राकृतिक सम्पदाका लागि कम्तीमा चारवटा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

मानवीय मस्तिष्क, समाज र संस्कृतिको उपजका रूपमा स्थापित भौतिक संरचना, स्मारक स्थल बहुमूल्य सम्पदा हुन् । ती सम्पदा विश्व मानव जातिका साझा सम्पदा हुन् । तिनको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले युनेस्कोले विश्व सम्पदा समितिअन्तर्गत विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको संरक्षण गर्दै आएको छ । विश्व सम्पदा महासन्धि, १९७२ सन् १९७५ देखि लागू भएको हो । नेपालले सन् १९७८ मा यसको अनुमोदन गरेको हो । त्यसयता काठमाडौँ उपत्यकाका सात क्षेत्रलाई एक रूपमा काठमाडौँ उपत्यका विश्व सम्पदा स्थल भनी सूचीकरण गरिएको छ ।

नेपाल सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ अनुसार यी सात क्षेत्रलाई चार किल्ला तोकी सीमाङ्कन गरेर क्रमशः स्वयम्भू ९२०३६ साल०, हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण तथा बौद्धनाथ ९२०४१ साल०, पशुपतिनाथ क्षेत्र ९२०५५ साल०लाई अलग–अलग संरक्षित स्मारक क्षेत्र भनी घोषणा गरिएको थियो । प्राकृतिक सम्पदामा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

नेपालले सन् १९९६ र सन् २००८ मा गरी दुई पटक विभिन्न राष्ट्रिय सम्पदालाई सम्भावित विश्व सम्पदाका सूचीमा सूचीकृत गरिसकेको छ । त्यसमध्ये सन् १९९६ मा सम्भावित विश्व सम्पदाका सूचीमा सूचीकृत गरिएको लुम्बिनी, भगवान् बुद्धको जन्मस्थललाई सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो । यद्यपि अन्य सम्भावित सम्पदा स्थल यति लामो समय बितिसक्दा पनि अझैसम्म विश्व सम्पदामा सूचीकृत हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज