Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आहा रारा गोल्डकप : इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

Author Avatar साझा न्यूज 28th January 2022 , 8:25 PM
आहा रारा गोल्डकप : इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

कास्की । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको दुई दशकको इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ ।

‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको खोजीमा हुनेछ । मनाङले यसपटक फाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई नयाँ प्रतिस्पर्धी पाएको छ । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ ।

विसं २०६४ मा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएपछि एपीएफको त्यति बेला उपाधि जित्ने सपना साकार हुन सकेन । आहा रारामा यसपटक १४ वर्षपछि फाइनल पुगेको एपीएफ उपाधिको भोको छ । शनिबार पोखरा रङ्गशालाको मैदानमा उत्रिदा दुबै टोलीलाई इतिहास रच्ने अवसर प्राप्त भएको छ ।

नेपाल पुलिस क्लबसँग समान छ÷छ पटक उपाधि जितेको मनाङलाई २०औँ संस्करणको फाइनल जितेर सर्वाधिक ट्रफी उचाल्ने अवसर छ । एपीएफलाई पनि पहिलो पटक पोखराको मैदानमा उपाधि चुम्ने सुन्दर मौका जुरेको छ । मनाङले विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्ध्रौँ र विसं २०७६ को १८ औँ संस्करणको उपाधि जितेको छ ।

एपीएफ जारी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई २–० ले निरास बनाउँदै अघि बढेको थियो । क्वार्टरफाइनलमा पाहुना टोली अमेरिकाको विवाइएससीको चुनौती ३–१ गोल अन्तरले पन्छाउँदै सेमिफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको डिफेण्डिङ च्याम्पियन र यसवर्षको लिग लिडर मछिन्द्रलाई ३–१ गोललेनै निराश बनाउँदै फाइनलको यात्रा तय गर्न सफल भएको हो ।

मनाङले भने क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दैै सेमिफाइनलमा स्थान बनाएकामा बिहीबार त्रिभुवन आर्मी क्लबमाथि टाइब्रेकरमा ४–३ गोलले विजयी हुँदा फाइनलमा एपीएफलाई पहिलो पटक प्रतिस्पर्धी पाएको हो । आहा राराको अनुभवी टोली मनाङ र बलीया टोलीलाई पाखा लगाउँदै दोस्रो पटक फाइनल पुगेका दुबै टोलीका प्रशिक्षक र टिम कप्तान फाइनलका लागि उत्साहित देखिएका छन् । दुबै टोलीका प्रशिक्षक र कप्तान यस वर्षको मोफसलको पहिलो प्रतियोगितामा उपाधि चुम्न दृढ देखिनुभएको छ ।

फाइनल खेलअघि आज आयोजना गरिएको ‘फ्रिम्याच कन्फ्रेन्स’ मा टोलीका प्रशिक्षकले उपाधि उचाल्ने दाबी गर्नुभयो । मनाङका प्रशिक्षक फुजा टोपेले विपक्षी टोलीको प्रदर्शन राम्रो बन्दै गएको बताउँदै आफूहरु उपाधिका लागि खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो,“फाइनल पुग्दा हामी खुसी छौँ । अब उपाधि जितेर टिम र समर्थकलाई थप खुःशी दिन चाहन्छौँ ।”प्रशिक्षक टोपेले फाइनल खेलको रणनीति सार्वजनिक गर्न चाहनुभएन ।

एपीएफका प्रशिक्षक कुमार थापाले मनाङ बलियो टोली भए पनि आफूहरु उपाधि जित्दै इतिहास बनाउने गरी फाइनल खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीका बीचमा पनि भव्य प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिन चाहन्छौँ । यस अवसरको उपयोग गर्दै उपाधि चुमेर इतिहास रच्ने योजनामा छौँ ।” मनाङका टिम कप्तान विमल रानाले दबाब रहित खेल्दै उपाधि जित्ने गरी खेल्ने बताउनुभयो । टोलीका महत्वपूर्ण खेलाडी राष्ट्रिय टोलीमा रहेकाले पनि नयाँ र पुराना खेलाडीबीच टिम सेट अघिल्ला खेलमा कठिन भए पनि फाइनलमा राम्रो खेल्ने उहाँले बताउनुभयो ।

एपीएफका कप्तान नविन लामाले टोलीले हरेक खेल राम्रो गर्दै गएकाले फाइनलमा पनि यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गर्ने उल्लेख गर्नुभयो ।

फाइनलमा स्थान बनाएको एपीएफका महत्वपूर्ण चार खेलाडीले फाइनल खेल गुमाउने भएका छन् । टोलीका चार खेलाडीले यसअघिका दुई खेलमा पहेँलो कार्ड पाएकाले फाइनल गुमाउने आयोजकले जनाएको छ ।

एपीएफका आवास लामिछाने, प्रदीप लामा, अदमा डोम्बिया र सविन थापाले दोहोरो पँहेलो कार्डका फाइनल खेलका लागि प्रतिबन्धमा परेको म्याच कमिसनर गोकुल थापाले बताउनुभयो । सेमिफाइनलमा मच्छिन्द्रसँगको खेलमा एपीएफका चार खेलाडीले पहँेलो कार्ड पाएका थिए ।

एपीएफका प्रशिक्षक थापाले भने आयोजकको सो निर्णयप्रति असन्तुष्टि जनाउनुभयो । खेलाडी प्रतिवन्धमा परेको बारेमा जानकारी नपाएको तथा प्रतियोगिता निर्देशिकामा समेत फरक÷फरक खेलमा पाएको कार्डले अर्को खेल गुमाउने भन्नेमा उल्लेख नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रा खेलाडी प्रतिबन्धमा परेको बारेमा केही जानकारी छैन । फरक खेलको कार्डले फाइनल गुमाउने भन्नेमा प्रतियोगिता निर्देशिकामा उल्लेख छैन । हाम्रो पुरानै सेट भोलि मैदानमा उतार्ने छौँ ।”

यही माघ ६ गतेदेखी जारी प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज