–वशिष्ठ तिवारी
कपिलवस्तु जिल्लाको मायादेवी गाँपालिकाको वडा नं ८ बिजुवा गाउँको पुर्ब दक्षिणमामा अवस्थित पुरातात्विक महत्वका एतिहासिक स्थल विजुवा धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले निकै प्रसिद्ध स्थल हो।
मूलत: बिजुवा एउटा देवि ९विजुवा समय माई स्थानको रुपमा प्रसिद्धि कमाएको छ। यस ऐतिहासिक स्थलमा स्थानीय हिन्दू पर्यटक तथा भक्तहरु सोमवार तथा शुक्रवारको दिन निकै नै आउने गरेको पाइन्छ।
प्रायः भक्तहरु यस प्राचिन स्थलमा देविको पूजा,उपसना,जप,तप,ध्यान,सत्यनारायण ब्रत कथा, मुण्डन लगायको कर्मकाण्डको लागी आएको देख्न सकिन्छ। करिब दुई दशक अघि यस देविको मन्दिरमा एक बिधुवा स्त्री९महिला० जो दलीत जातीको थिईन उनि नै बिजुवा समयमाताको नित्य पूजा आराधना गर्दै आएको जानकारहरु बताउछन।
वहाँको देहावसान पश्चता वहाँको भतिजोद्वारा देवीको पूजा पाठ भएको पाइन्छ। खासमा विजुवा समय माई मन्दीरको मुख्य विशेषता चाहिँ देवी मन्दिरको गर्भगृह हो ,मन्दिरको गर्भ गृहमा मन्दिरको पश्चिम भित्तामा टाँसिएको जमिन सतहबाट कहि ईंटा माथि उठाई एउटा कालो अण्डाकार ढुङ्गा राखिएको छ जसलाई देबिको प्रतिक मानी पूजा गरिन्छ।
देविको प्रतिरुप मानि पूजा(पाठ गर्दै आएको उक्त कालो ढुंगा ११औं र१२औं शताब्दीको हुन सक्ने अनुमान छ। मन्दिरको दोस्रो मुख्य विशेषता चाहिँ गर्भ गृह भित्रै कालो ढुंगाको दक्षिण पट्टी देवि दुर्गाको प्रतिमा राखी चुनरी अर्थात रातो कपडाले ढाकिएको छ।
त्यहीँ तेस्रो विशेषता चाहिँ देवीको मन्दिरको उत्तर पट्टी २०औं शताब्दीमा निर्मित भगवान शिवको मन्दिर छ जहाँ भगवान भोलेनाथको पनि देविको साथ साथै पूजा पाठ हुँदै आएको पाइन्छ।
उक्त मन्दिरको चौथो विशेषता चाहिँ मन्दिरको मूल द्वारको दाँया तथा बायाँ दुवै तिर अगाडि पट्टी एक भक्त द्वारा बाघ तथा हाती जो देविको वाहनको रूपमा मानिन्छ निर्माण गरिएको छ।
बिजुवा देवि मन्दिरको पाँचौ विशेषता चाहिँ मन्दिरको पर्खालको पुर्ब तिरको मुख्य गेटको माथी पट्टी दायाँ बायाँ मायादेवी गाउँपालिका वडा नं ५ अठकोनिया वस्ने घनश्याम तिवारी तथा वहाँको धर्म पत्नी निलम देवि तिवारी द्वारा निर्माण गराइएको देविको वाहनको रुपमा जानिने बाघ एवं गेटको वीच भागको माथिपट्टी एउटा ढुङ्गामा दुई वटा मुर्ती निर्माण गराइएको छ। पुर्व तिर बाट हेर्दा महाबलि हनुमानजीको मुर्ति तथा पश्चिम तिर बाट हेर्दा शीतला देवि ९जो दुर्गा देवकै एक रुप हुन० को मूर्ति गेटमाथी निर्माण गरिएको छ।
उक्त मन्दिरको छैठौँ विशेषता चाहिँ उत्तर दिशा तिर लगभग आधा दर्जनको संख्यामा ,भक्तहरु द्वारा ढुंगा सिमेन्ट द्वारा निर्मित हाति, देवीले भाकल पुरा गरेको उपलक्ष्यमा देविलाई अर्पण गरिएको पाइन्छ।
सातौँ विशेषता कुनै भक्तद्वारा निर्मित एक कोठे धर्मशाला हो जसमा साधु सन्त वस्ने गरेको पाइन्छ।
विजुवा समय माई मन्दीरको करिब १०० मिटर दक्षिण एउटा प्राचीन ढिसको छ र ढिसको माथि एउटा १६औं र१७औं शताब्दीमा निर्मित फुटेको शिवलिङ्ग छ जसको नाम मुडफुटवा बाबा भनि पूजा गरेको पाइन्छ।
मूलतस् उक्त ढिसको गुप्तकालमा निर्मित गुरुकुल वा बिहार हुनसक्ने पुरातत्त्वको विद्यार्थी भएको नाताले मेरो अनुमान छ।
स्थानीय तह द्वारा आर्थिक वर्ष २०७४र७५ को वजेटमा मुडफुटवा बाबाको शिवलिङ्ग जुन वर्षौँ देखि खुला आकाशमुनि उपासना गरिन्थ्यो त्यहाँ एउटा मन्दिर निर्माण गरिएको देखिन्छ। जबकी पुरातत्त्व विभाग संग समन्वय न गरि जानि जानि पुरातात्विक सम्पदा विगार्नु प्राचीन स्मारक संरक्षण ऐन अनुसार एक अपराध ठहर्ने गर्छ।
ढिसकोको भूभाग करिव १ विघामा फैलिएको छ , उक्त सम्पदाको भू(भाग दिनहु घटदै गरेको पाइन्छ यसमा स्थानीयहरुले कुनै प्रकारको चासो नराख्नु एउटा दुखको बिषय हो। उक्त स्थानमा पुरातत्त्व विभाग द्वारा कानूनी चेतावनीको रुपमा एउटा होर्डिङ बोर्ड समेत राखिएको छ।
















































