काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले नयाँदिल्लीबाट रिमोट थिचेर रेल सेवाको उद्घाटन गरेका हुन् ।
नेपाल र भारतका प्रधाानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आएको छ ।