काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनका लागि आफूखुशी उमेदवारी घोषणा नगर्न नेता-र्काकर्तालाई निर्देशन दिएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय कमिटीको बैठकमा ओलीले यस्तो निर्देशन दिएका हुन् ।
उनले पार्टीले टिकट दिए जित्ने गरी लाग्न र नदिए अरूलाई जिताउन भूमिका खेल्न पनि निर्देशन दिएका छन् ।
‘पार्टीले उठाए जित्ने गरी लाग्नुस् । अर्कोलाई उठाए जिताउन लाग्नुस् । आफैं उम्मेदवारी घोषणा गर्दै नहिँड्नुस’्, ओलीको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य आशाकुमारी विकले जानकारी दिइन् ।
















































