लमजुङ । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पुनः गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न प्रदेशमा उमेदवार बन्न लागेकाे बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारमा ३ बर्षसम्म मुख्यमन्त्री भएर काम गर्दा बाँकी रहेका अधुरा काम पूरा गर्न पुनः अाँफु मुख्यमन्त्री बन्नुपर्ने उहाँले बताउनुभयाे । बाईट : अाईतबार लमजुङ सदरमुकाम बेसीसहरमा प्रेस चाैतारी नेपालद्वारा अायाेजित पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै नेता गुरूङले मंसिर ४ गतेकाे निर्वाचनपछि संघ र प्रदेशमा एमालेकाे सरकार बन्ने दावी गर्नुभयाे ।
गण्डकी प्रदेशमा नेकपा एमाले विगतमा भन्दा अहिले झन बलियाे भएकाले बहुमत पुग्ने उहाँकाे दावि थियाे । बाईट : संघकाे सांसद मन्त्री भएर भन्दा मुख्यमन्त्री भएर नै प्रदेशकाे विकास गर्न सम्भव हुने उहाँले बताउनुभयाे । नेकपा एमाले लमजुङले लमजुङ प्रदेश ‘ख’ बाट प्रत्यक्षमा पृथ्वीसुब्बा गुरूङसंगै जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी नाम सिफारिस गरेकाे छ ।
















































