Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानिज इन्सेफ्लाइटिसको महामारीसँगै चितवनमा उच्च सावधानी

Author Avatar साझा न्यूज 12th September 2022 , 2:44 PM
चितवनमा जापनिज इन्सेफ्लाइटिसको महामारी

महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ । हालसम्म नौ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ । बाइस शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार जिल्लाको द्रुत प्रतिकार्य टोली (यापिड रेस्पोन्स टिम) लाई सक्रिय बनाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा हुने यो टोलीमा भरतपुर अस्पताल, दुई मेडिकल कलेज, निजी अस्पताल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सदस्य हुने गर्दछन् । टोलीले जिल्लाका सबै पालिका र स्वास्थ्य कार्यालयमा महामारीमा आवश्यक पर्ने औषधिको मौज्दात (बफर स्टक) गर्ने निर्णय गरेर काम अघि बढाएको छ ।

स्थानीय सातै तहमा रहेका द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाइएको छ । कुनै पनि रोगको अप्रत्याशित वृद्धि भएको पाइएमा स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । सो टोलीले थप आवश्यक परेमा जिल्लाको टोलीसँग समन्वय गरेर आवश्यक सहयोग लिने गरी व्यवस्था मिलाइएको छ ।

जिल्लाको टोलीले मुख्य अस्पताल र स्थानीय तहका अस्पताललाई जापानिज इन्सेफ्लाइटिससहित महामारीजन्य रोगको शङ्का देखिएमा दैनिक रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । चापागाइँका अनुसार विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकसँग बसेर छलफल र तयारी गरिएको छ । उनीहरुसँगको छलफलमा कस्ता बिरामी निगरानीमा राख्ने भन्ने विषयमा पनि छलफल भएको छ । पालिकामा रहेका जापानिज इन्सेफ्लाइटिसका बिरामीको अवस्थाको बारेमा निरन्तर अनुगमन गर्न भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकले ती बिरामी र आफन्तलाई भेट गरी निरन्तररुपमा अवस्था बुझ्ने काम गरिरहेका छन् । जिल्लाको टोलीले मुख्य मुख्य अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेडिकल विभाग प्रमुख, अस्पताल निर्देशकसँग छलफल गरेर प्राविधिक पक्षको जानकारी र तयारीका विषयमा छलफल गरेको छ ।

पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग जिल्लाको टोलीले छलफल गरेर तयार रहन भनिएको छ । रोग फैलिन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा पालिकाले काम गरिरहेको उहाँ बताउनुहुन्छ । जिल्लाका पाँच पालिकामा एकै पटक नौ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाका चार, माडी नगरपालिकाका दुई, राप्ती, रत्ननगर र कालिका नगरपालिकाका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । गत साउन २० गते पहिलोपटक भरतपुर र माडीमा सङ्क्रमण पुष्टि भएको थियो । गत साता एकै पटक सात जना थपिएपछि महामारीको अवस्था सिर्जना भएको हो । सङ्क्रमितमध्ये पाँच  महिला र चार जना पुरुष छन् । उनीहरु २९ देखि ७५ वर्ष उमेर समूहका छन् ।

निश्चित समय र भूगोलमा अनपेक्षितरुपमा अनुमानभन्दा बढी जापानिज इन्सेफ्लाइटिस सङ्क्रमित देखिएमा त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले महामारीको परिभाषामा राखेको चापागाईँले बताउनुभयो । जिल्लामा नौ जनामा प्रमाणित भएपछि समुदायमा दुई हजार सात सयमा सङ्क्रमण छ भन्ने अनुमान गर्न सकिने उहाँको भनाइ छ ।

जापानिज इन्सेफ्लाइटिस सन् १९७८ मा नेपालको रुपन्देही जिल्लामा पहिलोपटक देखापरेको थियो । जिल्लामा शङ्कास्पद बिरामीको स्क्रिनिङ गरी नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइने गरिएको उहाँको भनाइ छ । चितवनमा सन् २०१८ मा एक जना, २०२० मा एक जना, २०२१ मा एक र हाल नौ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो ।

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, वान्ता हुने, बेहोस हुने, शरीर काम्ने, घाँटी अररो हुने जापानिज इन्सेफ्लाइटिसका लक्षण हुन् । जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टेले घोडा, सुँगुर ,  बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ तर मानिसबाट मानिसमा भने यो रोग सर्दैन ।

जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्ने र लामखुट्टे नियन्त्रण गर्ने उद्देश्य उपाय हो । त्यसैगरी बालबालिकालाई यो रोगविरुद्ध खोप लगाउने, सुँगुर, बङ्गुर, हाँस, घोडाजस्ता घरपालुवा जनावर व्यवस्थित ढङ्गले पाल्ने, पशुपन्छीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्यालढोकामा मसिनो जाली हाल्ने गर्नुपर्छ । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण भएका ३३ प्रतिशतको मृत्यु हुने, ३३ प्रतिशत अपाङ्ग हुने र ३३ प्रतिशत निको हुने चिकित्सकको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

भर्खरै प्रकाशित

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज