Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसको दशौं बार्षिकउत्सवमा विविध कार्यक्रम

Author Avatar साझा न्यूज 12th September 2022 , 8:04 PM
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसको दशौं बार्षिकउत्सवमा विविध कार्यक्रम

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसको दशौं बार्षिक उत्सवमा विविध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्याम्पस प्रमुख नीर बहादुर गुरुङको अध्यक्षता, संस्थापक क्याम्पस प्रमुख तथा परीक्षा प्रमुख इन्द्र प्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा श्रद्धेय सिरि वजिर भन्तेद्वाारा त्रिशरणगमन तथा पञ्चशील अनि भोट बौद्ध अध्ययनका आनीहरुबाट मंगलाचरण गरिएको थियो । कार्यक्रममा बि.टि.टि.एम.कार्यक्रम संयोजक अन्जु खनालले स्वागत मन्तव्या भएको हो ।
कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट प्रशान्त पौडेल, लोपेन फुर्वा लामा, आनी लक्ष्मी गुरुङ र सन्जु वि.क.ले शुभकामना मन्तव्य तथा क्याम्पस विद्यार्थी जीवनको अनुभव व्यक्त गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले तयार पारेका चित्रकला प्रदर्शनी पनि रहेको थियो । उक्त चित्रकलाको विषयमा विद्यार्थी सुजन भुसालले मन्तव्य दिएका थिए ।
क्याम्पसको पूर्वसन्ध्यामा आयोजना गरिएका बौद्ध साहित्यमा आधारित तीज गीत प्रतियोगिता र खेलकूद सप्ताह २०७९ मा आयोजि विभिन्न खेल प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, कार्यक्रम संयोजकद्वारा पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख नीर बहादुर गुरुङले तीज गीत प्रतियोगिताका निर्णायक मण्डलका सदस्यहरुलाई सम्मान पत्र र पूर्व क्याम्पस प्रमुखहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा.ह्रदयरत्न बज्राचार्यले पठाउनुभएको शुभकामना सन्देश वाचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थापक क्याम्पस प्रमुख तथा परीक्षा प्रमुख इन्द्र प्रसाद काफ्लेले केन्द्रीय क्याम्पसले स्थापनाकाल देखिको स्मरण गराउनुको साथै क्याम्पसको शैक्षिक वातावरण बौद्धमय हुँदै गएकोमा विद्यार्थीहरु तथा क्याम्पस पविारलाई धन्यवाद दिनुभयो । उहाँले विश्वविद्यालयको शैक्षिक केन्द्रको रुपमा स्थापित पहिलो आंगिक क्याम्पस विश्वविद्यालयकै गौरव गर्न लायक केन्द्र हुनतर्फ उन्मुख भएको बताउनुभयो । यहाँ सञ्चालित कार्यसक्रमहरुमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।
२०६९ साल भाद्र २७ गते भैरहवाको एउटा कोठाबाट शैक्षिक कार्यक्रम शुरु गरेको क्याम्पस, लुम्बिनीमा स्तानकोत्तर तह शुरु हुँदा १३ जना कर्मचारी, ६ जना शिक्षक र २८ जना विद्यार्थीबाट शुरु भएको थियो । आज क्याम्पसमा ५ वटा कार्यक्रमहरुका विभिन्न व्याचका गरी १३ वटा समूह सञ्चालन रहेको र केही समयमै १७ वटा समूह पुग्ने उहाँले बताउनु भयो । यसरी विश्वविद्यालयको शैक्षिक विकासमा क्याम्पसले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
खेलकूद सप्ताहमा म्यान अफ् द म्याच हुन सफल बि.टि.टि.एम. सातौँ सेमेष्टरका विद्यार्थी राजेश आचार्यलाई ट्रफी र खेलकूद सप्ताह २०७९ को रनिङ शिल्ड पनि बि.टि.टि.एम.कै सातौँ सेमेष्टरले प्राप्त गरेको थियो । कार्यक्रमलाई सभ्य तथा भव्य रुपमा सफलतापूर्वक सम्पन्न गर्नुका साथै सम्पूर्ण उपस्थितिहरुलाई मन्त्रमुग्ध पार्दै उपप्राध्यापक आचार्य दयानीधिले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज