Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानन्यायाधीशको न्यायाधीश बन्न आग्रह

Author Avatar साझा न्यूज 14th September 2022 , 6:31 AM
जबराले आरोप लगाएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी

काठमाडौँ, भदौ २९ गते । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रक्रियाको १२ घण्टाभन्दा लामो बयान सकिएको छ । मुख्य ४३ वटा र तीन दिनसम्म थप केही प्रतिप्रश्नसमेत गरेर उहाँले समितिमा १२ घण्टाभन्दा बढी समय जवाफ दिनुभयो ।

उहाँलाई समितिले पाँच दिन बयान लिएको छ । केही प्रतिप्रश्न आवश्यक भएमा उहाँलाई पुनः बोलाउने समितिको तयारी छ तर औपचारिक निर्णय भएको छैन । भदौ १५ गतेदेखि मङ्गलबारसम्म पाँच दिन उहाँसँग बयान लिइएको थियो ।

अन्तिम दिन बयानका क्रममा उहाँले न्यायका मान्य सिद्धान्तका आधारमा प्रधानन्यायाधीशको न्यायाधीश बन्ने भूमिका समितिले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । निलम्बित प्रधानन्यायाधीश जबराले आफूमाथिका आरोप सैद्धान्तिक रहेको र आधारहीन रहेको पनि बताउँदै केही राजनीतिक मुद्दाका परिणामबाट आफूमाथि प्रस्ताव आएको जिकिर गर्नुभयो ।

बयानका क्रममा उहाँले सम्पूर्ण आरोप अस्वीकार गर्नुभयो । सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद घटाउने रायमा भने उहाँले गल्ती स्वीकार गर्नुभएको छ । तर राय न्यायाधीशको कानुनी अधिकार भएकाले विवेकमा प्रश्न गर्न नहुने जिकिर उहाँले गर्नुभएको थियो । अन्य आरोपमा भने उहाँले प्रतिप्रश्न धेरै गर्नुभएको छ ।

बयान सकिएपछि समितिले बुधबारदेखि आन्तरिक परामर्श र भावी कार्ययोजनामा छलफल गर्दै छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमले आगामी कार्यदिशाबारे छलफलका लागि बैठक बुधबार बिहान ९ बजे बोलाइएको बताउनुभयो । बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा लिनुभएका नाम र जोडिएका संस्थालाई बोलाउने वा नबोलाउनेबारे छलफल हुनेछ । समितिका सदस्यहरूले भने सम्बद्ध पक्षलाई बोलाएर छलफल गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

पाँच दिनको बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफ्ना सहकर्मी न्यायाधीशमाथि पनि प्रश्न उठाउनुभएको छ । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउतमाथि उहाँले आक्षेप लगाउनुभएको छ । यस्तै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनमाथि पनि उहाँको प्रश्न छ ।

उहाँले बयानमा बारका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ, तत्कालीन महासचिव लीलामणि पौडेलमाथि पनि प्रश्न गर्नुभएको छ । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यमाथि पनि उहाँले प्रश्न गर्नुभएको छ ।

बयानमा उहाँले केही वरिष्ठ कानुन व्यवसायीमाथि पनि आरोप लगाउनुभएको छ । रमनकुमार श्रेष्ठ, शम्भु थापालगायतको नाम उहाँले पटक पटक उल्लेख गर्नुभएको छ । उहाँले राजनीतिक दलका नेताहरूको पनि बयानमा नाम लिनुभएको छ । चौथो दिनको बयानका क्रममा उहाँले कांग्रेस नेतृत्व महालक्ष्मी उपाध्याय (डिना)माथि पनि

आक्षेप लगाउनुभएको छ । उपाध्यायले राजीनामा दिए महाभियोग फिर्ता हुने प्रस्ताव गरेको जिकिर निलम्बित प्रधानन्यायाधीश जबराको छ ।  बयानमा उहाँले आफ्नो प्रतिरक्षाभन्दा आफूलाई प्रश्न गर्नेलाई नै प्रतिप्रश्न बढी गर्नुभएको छ । उहाँले महाभियोग सिफारिस समितिले कार्यविधि पालना नगरेको

जिकिर पनि गर्नुभएको छ । प्रस्तावक सदस्य नै समितिमा रहेकोमा पनि उहाँको प्रश्न छ ।

यस्तै सिफारिस समितिले कार्यविधि पालना नगरेर आफ्नो प्रस्तावलाई गैरकानुनी रूपमा अल्झाएको पनि उहाँको तर्क छ । महाभियोग दर्ता गर्ने सदस्यहरूले बारको एजेन्डा बोकेको जिकिर पनि उहाँको छ । बारले दलहरूलाई बुझाएको २१बुँदेलाई कुनै परिमार्जनसमेत नगरी प्रस्तावका रूपमा ल्याइएको तर्क उहाँको छ ।

अन्तिम दिन आठ प्रश्न गर्नुभएको छ । उहाँले क्यासिनो सञ्चालकबाट रकम लिएर मुद्दा फैसला गरेको आरोप पनि अस्वीकार गर्नुभयो । संवैधानिक इजलास अवरुद्ध गराउन मुद्दालाई न्यायाधीश छानेर पेसी तोकिएको विषयमा पनि उहाँको असहमति छ । कार्यकारी निकायसँग भाग मागेको विषयलाई उहाँले अस्वीकार गर्दै तत्कालीन समयमा नै उक्त प्रकरणको आफूले खण्डन गरेको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज