Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गोठाटारमा गोली हानिएका लाल मोहम्मद : पटुवा हत्यामा संग्लन, भारतीय जाली नोट कारोबारका आरोपी

Author Avatar साझा न्यूज 20th September 2022 , 3:33 AM
गोठाटारमा गोली हानिएका लाल मोहम्मद : पटुवा हत्यामा संग्लन, भारतीय जाली नोट कारोबारका आरोपी

२०६४ असार २० गते काठमाडौंको अनामनगर धोबीखोलामा साँझ बाराका बलराम पटुवाको गोली हानी हत्या गरियो । हत्या आरोपी ५ मध्ये मध्ये प्रहरीले ‘थापाजी’ भनिने लाल मोहम्मद र पप्पु गुप्तालाई तत्काल पक्राउ गर्यो ।

घटनाका आरोपी मुन्ना खान भनिने इल्ताव हुसेन अन्सारी भने दुई वर्षपछि २०६६ मा पक्राउ परे । ती मध्येका मध्येका वाहिद खान १० वर्षपछि मात्रै ३० असोज २०७५ पक्राउ परे ।

तर पक्राउ परेपछि उनै वाहिद खान विजयकुमार श्रीवास्तव भएको भन्दै उनकी पत्नीले नागरिकता पेस गरेक थिए । प्रहरीले सर्लाही प्रशासनबाट उक्त नागरिकताको बैधानिकता जाँच गर्दा खाले नक्कली नागरिकता निकालेर आफ्नो परिचय बदलेको पुष्टी भयो । उनले परिचय बदलेर गार्मेन्ट उद्योग चलाइरहेका थिए ।

प्रहरीको अनुसन्धान अनुसार मारिएका बलराम पटुवा र पक्राउ परेका तीन जनाविच भारतीय जाली नोट कारोबारमा विवाद भएको थियो । त्यही विवादमा मारिएका थिए, पटुवा । प्रहरीको अनुसन्धान भन्छ, ‘जाली नोट कारोबारमा सक्रिय पटुवाले सूचना चुहाउन थालेपछि उनको हत्या गर्ने र उनको स्थानमा वाहिदलाई राख्ने योजना उक्त समूहको थियो ।’ प्रहरीका अनुसार गार्मेन्ट व्यवसायको आडमा वाहिद, मोहम्मदलगायत समूहले पाकिस्तान, बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गर्ने गरेका थिए ।

उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए । लाल मोहम्मद करिब ९ वर्ष जेल बसेर ९ साउन २०६४ मा कैद सजाय भुक्तान गरे निस्किए ।  जेलबाट निस्किएपछि लाल मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गरे । एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्ट कम्पनी चलाइरहेका थिए ।

उनै लालमाथि गोठाटारमा गोली

प्रहरी उच्च स्रोतका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली प्रहार गरिएका उनै लाल मोहम्मद हुन्, जो जेल भुक्तान गरेर निस्किएपछि गार्मेन्ट व्यसायमा लागेका थिए । हरिवन–२ का ५५ वर्षीय लाल मोहम्मदको हत्या पुरानो घटना र कारोबारसँग जोडिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

स्रोतका अनुसार १० वर्षपछि पक्राउ परेका वाहिद खान उर्फ विजयकुमार श्रीवास्तव पक्राउ पर्नमा मोहम्मदको हात थियो । पक्राउ परेपछि चाँडै छुट्न सकिन्छ भन्ने आशा राखेका मोहम्मद बाहिरबाट कसैले सहयोग नगरेपछि वाहिदप्रति आक्रोशित बनेका थिए । काठमाडौंको गोकर्णेश्वरमा गार्मेन्ट चलाइरहेको मोहम्मदको सूचनापछि उनी पक्राउ परेका थिए ।

त्यसो त उनीमाथि ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिमसँग जोडिएर नक्कली कारोबारमा लागेको आरोप पनि लाग्ने गरेको थियो ।

स्रोतका अनुसार उनको पाकिस्तानी नागरिक एजाजसँग पनि उनको राम्रो सम्बन्ध रहेको स्रोतको भनाई छ । सिकन्दर, तमाच, अस्लाम लगायत नामका व्यक्तिमाथि यो घटनासँग जोडेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खेदीखेदी गोली प्रहार
उनी सोमबार साँझ जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गोठाटार फर्किएका थिए । रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट गोठाटारमा झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भयो ।

सार्वजनिक भएको फुटेज अनुसार मोटरसाइकलमा आएकाहरुले उनीमाथि गोली हानेका हुन् । गोली चल्न थालेपछि मोहम्मदले गाडीमा छल्दै वरिपरि घुमेको देखिन्छ । तर भाग्दाभाग्दै चार राउण्ड गोली उनीमाथि प्रहार भयो । शरीरका विभिन्न अंगमा चारवटा गोली लागेको थियो । रातो सर्ट लगाएका ती व्यक्तिले दर्जीलाई लखेटी लखेटी गोली प्रहार गरेका थिए ।

गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको छ । उनी ढलेपछि गोली हान्ने समूह मोटसाइकल चढेर भागेको देखिन्छ ।

सुरक्षा मागेको तीन दिनमा हत्या

स्रोतका अनुसार लाल मोहम्मदले तीन दिनअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा माग गरेका थिए । शनिबार गोकर्णेस्वरस्थित जम्मुडाँडा प्रहरी चौकीमा आफूलाई सुरक्षा खतरा भएको भन्दै निवेदन दिएको प्रहरी स्रोतको भनाई छ ।नया पेजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज