Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजनीतिकर्मीले त्याग गर्न बुद्धबाट सिकौं : गृहमन्त्री

Author Avatar साझा न्यूज 24th September 2022 , 12:51 PM
राजनीतिकर्मीले त्याग गर्न बुद्धबाट सिकौं : गृहमन्त्री

लुुम्बिनी, असोज ८ गते । गृहमन्त्री बालकृष्ण खाणले गौतमबद्धले जस्तै त्यागको भावना लिएर अगाडि बढे राजनीतिकर्मीले पनि सफलता चुम्न सक्ने बताउनुभएको छ । गृहमन्त्री खाणले सबै पार्टीहरूमा टिकटका लागि आकांक्षीहरु धेरै रहेको र सबै उम्मेदवार बन्न नसक्ने भएकाले एक कदम पछाडि हटेर त्याग गर्न आग्रह गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित शान्ति बुद्ध गुम्बाको छात्रवास भवनको उद्घाटन गर्नुहुँदै गृहमन्त्री खाणले सबैजना उम्मेदवार बन्न सम्भव नरहेको राजनीतिक जीवनमा त्याग गर्न पनि सिक्नुपर्ने र त्याग गर्ने कुरा गौतमबद्धबाट सिक्नुपर्ने उल्लेख गर्नुभयो ।

‘‘अहिलेको संवेदनशील अवस्थामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नपर्नेछ, नयाँ जनादेशले नयाँ राजनीतिक उचाई चुम्नुपर्ने छ,’’ उहाँले भन्नुुभयो, ‘‘त्यसैले कहिलेकाही मुलुक र विचारका लागि पनि एक कदम पछाडि हट्न सक्नुपर्छ । यो कुरा बुद्धबाट सिक्नुपर्छ ।’’

बुद्धले संसारभर शान्तिको प्रवर्द्धन गरी सन्देश फैलाएकाले उहाँ प्रति श्रद्धा र सम्मान गर्नु सबैको दायित्व रहेको समेत उहाँले बताउनुभयो ।

गृहमन्त्री खाणले भन्नुभयो, ‘‘जस्तोसुकै हिंसामा लागेको व्यक्ति पनि शान्तिको मार्गमा आउनुपर्छ । बुद्धले मानवीय समाजका लागि सेवा गर्नुपर्छ भन्ने सिकाउनुभएको छ, हामीले सिक्न जरुरी छ ।’’

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गुम्बामा अध्ययनरत विद्यार्थीहरूले विश्वमा शान्तिको सन्देश फैलाउन अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

गुम्बाका अध्यक्ष आशबहादुर गुरुङका अनुसार लुम्बिनी प्रदेश सरकार, सिद्धार्थनगर नगरपालिका र स्थानीयको सहयोगमा ३० लाख लागतमा छात्रवास भवन निर्माण भएको हो । उहाँले बजेट विनियोजन गर्नका लागि गृहमन्त्री खाँणले सहयोग गरेको समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

भर्खरै प्रकाशित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज