Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हवाई मैदान निर्माण गर्न रूख काट्न थालियो

Author Avatar साझा न्यूज 2nd October 2022 , 7:07 AM
हवाई मैदान निर्माण गर्न रूख काट्न थालियो

उदयपुर । उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ ।

सगरमाथा हवाई मैदान निर्माण उपभोक्ता समितिका अनुसार हवाई मैदान क्षेत्रभित्र पर्ने मोथ्याइ सामुदायिक वन र कङखोला सामुदायिक वनभित्र पर्ने १० हेक्टर वन क्षेत्रको रूख काट्न सुरु गरिएको निर्माण उपभोक्ता समितिका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । दुर्गा शक्ति जेभी कम्पनी विराटनगरले ठेक्का लिएर रूख काट्न सुरु गरेको हो । डेढ हप्ताभित्र कम्पनीले विभिन्न प्रजातिका एक सय ६४ रूख काटेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र वन तथा भू–संरक्षण विभागबीच सम्झौता भएपछि जोगिदह क्षेत्रको दुई सामुदायिक वनको दश हेक्टर क्षेत्रफलको रूख कटान थालिएको हो । एक हजार सात सय मिटर लम्बाइ र ४० मिटर चौडाइको सगरमाथा हवाई मैदान निर्माणका लागि त्रिनपा–१ जोगिदहको मोथ्याइ, सिमलटार र कङखोलासम्मको १५६.११ हेक्टरभन्दा बढीको क्षेत्रमा हवाई मैदान निर्माण गर्ने सहमति भएपछि रुख काट्न थालिएको हो ।

रूख कटान सम्पन्न गरेर हवाई मैदान सञ्चालनमा आएपछि पुनः हवाई मैदान क्षेत्रका आसपासका जग्गामा वृक्षरोपण गरेर ३० प्रतिशत क्षेत्र वन क्षेत्र निर्माण गर्नुपर्ने प्रावधान रहेको समितिले जनाएको छ । त्रियुगा नगरपालिकाको जोगिदहमा २०७२ सालमा नै सर्भे भएर निर्माण गर्ने भनिएको सगरमाथा हवाई मैदान निर्माण कार्यमा स्थानीयहरु र हवाई मैदान निर्माण व्यवस्थापन समितिबीच पटक–पटक विवाद भएको थियो । वन तथा भू–संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएपछि काम अघि बढेको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काको पहलमा हवाई मैदान निर्माण कार्य सहज भएको त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेत बताउनुहुन्छ । अब दसैँ लगत्तै रूख कटानसहित बाँकी कार्य नियमितरुपमा हुने उहाँको भनाइ छ । अबको दुई वर्षभित्र हवाई मैदान निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइने बस्नेतले बताउनुभयो ।

एक हजार सात सय मिटर लम्बाइ र ४० मिटर चौडाइ क्षेत्रको हवाई मैदान निर्माण सम्पन्न गरेर दुई सय मिटरको लम्बाइ र ६० मिटर चौडाइ एप्रोनसहितको टर्मिनल आधुनिक टर्मिनल भवन, ट्याक्सी पार्किङ ग्राउन्डसहितको पूर्वाधार निर्माण गर्न १५६.११ हेक्टर क्षेत्रफल जग्गा अधिग्रहण भएको समितिले जनाएको छ । सगरमाथा क्षेत्रको नै महत्वपूर्ण हवाई मैदान निर्माण सम्पन्न भएपछि उदयपुरबाट पहाडी जिल्ला भोजपुर, खोटाङ, सोलु तथा ओखलढुङ्गा र विराटनगर तथा राजधानी काठमाडाँै यात्रा गर्न सहज हुने छ । हवाई मैदान निर्माण सम्पन्न गर्न झण्डै रु दुई अर्ब ४० करोड बजेट चाहिने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज