Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जसपा र लोसपासँग एमालेको संवाद सकारात्मक, जसपालाई २२ र लोसपालाई ५ सिट प्रस्ताव

Author Avatar साझा न्यूज 7th October 2022 , 2:34 PM
जसपा र लोसपासँग एमालेको संवाद सकारात्मक, जसपालाई २२ र लोसपालाई ५ सिट प्रस्ताव

नवीन झा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमालेसँग गठबन्धन गर्ने छलफल अन्तिम चरणमा पुर्‍याएका छन्। सत्ता गठबन्धनको बैठकमा जान छाडेको जसपाले २२ सिट लिएर एमालेसँग गठबन्धन गर्न लागेको बुझिएको छ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि ५ सिट लिएर एमालेसँगै गठबन्धन गर्ने तयारी गरेको छ। केही ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समेत एमालेले गठबन्धन गर्ने यसअघि नै तय छ।
एमालेले यी दुई दलसँगको गठबन्धन शुक्रबार साँझसम्म घोषणा गर्ने तयारी गरेको बुझिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच दशैंअघिदेखि नै गठबन्धनका लागि छलफल सुरु भएको थियो। सत्ता गठबन्धनमा ठाउँ नपाएपछि जसपा निरन्तर एमालेसँग छलफलमा छ।

जसपा स्रोतका अनुसार एमाले, जसपासँगै लोसपासहितको गठबन्धन बनाउनेगरी शुक्रबारदेखि गृहकार्यमा अघि बढेको छ। ‘एमालेले जसपालाई २५ सिट दिने लगभग सहमति भइसकेको छ। लोसपाका लागि जसपाले आफ्नो भागमा परेको २५ मध्ये ३ सिट छाड्न तयार छ। एमालेले थप २ सिट छाड्दा लोसपालाई ५ सिट हुन्छ। यहीअनुसार खाका बन्दैछ’, एक जसपा नेताले दाबी गरे।

जसपा कार्यकारणी समिति सदस्य तथा विदेश विभाग प्रमुख अर्जुन थापाले जसपाले एमालेसँग तालेमल गर्ने विषयको नजिक पुगेको बताए। उनले भने, ‘केन्द्रीय स्तरमा एमालेसँग चलिरहेको संवाद सकारात्मक रुपमा अघि बढेको सूचना पाएको छु। आजै बेलुकासम्म एमाले र जसपाबीचमा सहमति हुने सम्भावना छ।’
एमालेले राप्रपासँग पनि शुक्रबार छलफल गरिरहेको छ। केही सिटमा तालमेल गर्ने सहमति भइसकेपनि केहीमा दोहोरो दाबीका कारण औपचारिक हस्ताक्षर हुन बाँकी रहेको बुझिएको छ। एमालेले राप्रपासँग सहमति गरेपछि जसपा र लोसपासँग संवाद गर्ने भएको छ। ‘जसपा, लोसपा र एमाले बीचमा शुक्रबार बेलुकीसम्म सहमति हुन सक्छ’, ती नेताले भने।

एमालेसँग लोसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुरले संवाद गरिरहेका छन्। अध्यक्ष ओली र ठाकुरले केही चरणमा कुरा गरिसकेको लोसपा नेता सर्वेन्द्रनाथ शुक्ला बताउँछन्। ‘तीन दिनअघि नै हाम्रो अध्यक्ष ठाकुर र एमाले अध्यक्ष ओली बीचमा एक्ला(एक्लै संवाद भएर धेरै कुरा मिलिसकेको छ’, शुक्लाले भने, ‘कहाँ के भयो, यकिन थाहा छैन। तर, कुरा मिलिसकेको बुझेको छु।’

लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा एमालेसहित विचार मिल्ने पार्टीहरुसँग निर्वाचनमा तालमेल गर्नगरी संवाद गर्न समिति बनाएको थियो। शुक्लाले अध्यक्ष ठाकुर र ओलीबीचमै कुरा भइसकेकाले आफूहरु रहेको समितिको आवश्यकता नपरेको बताए।
‘म आफ्नो क्षेत्रमा आइसकेको छु। उम्मेदवारीको तयारीमा छु’, उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज