खैरो हेरोइनसहित प्रहरीले झापाबाट २ जना र बाँकेबाट एकजनालाई पक्राउ गरेको छ ।
झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट २० वर्षीय अनिल तामाङ सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट १ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह चेक प्वाइन्टबाट प्रहरीले २४ वर्षीय मेराज अन्सारीलाई पक्राउ गरेको छ । नेपालगञ्ज–१६ घर भएका अन्सारीको साथबाट ५० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
















































