Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

३ दिनपछि आफन्तले बुझे शरद र रोशनीको शव

Author Avatar साझा न्यूज 18th October 2022 , 5:15 PM
३ दिनपछि आफन्तले बुझे शरद र रोशनीको शव

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा फेला परेको दुई किशोर किशोरीको शव तीन दिनपछि आफन्तले बुझेका छन् ।

असोज ३० गते जंगलमा हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा फेला परेको दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र सोही ठाउँमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव मंगलबार दिउँसो आफन्तले बुझेका हुन् ।

यसअघि दोषीलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन् भने पोष्टमार्टम गर्न समेत नदिने अडान लिएका थिए । स्थानीय प्रशासनसँग सहमतिपछि मंगलबार दिउँसो शव बुझेको रोशनीका काका टेकसिंह महतराले बताए ।

मृतक दुबै जनाको पोष्टमार्टम राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ । पोष्टमार्टमपछि आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकरी दिए । उनीहरुको शव शीतलपुरमा बबई नदी किनारमा अन्त्येष्टि हुँदैछ ।

मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरी प्रमुख वलीले घटनाका विषयमा अनुसन्धान भइरहेको र नयाँ तथ्य फेला नपरेको बताएका छन् ।

घटनाको अनुसन्धानका लागि प्रहरीले १० जना भन्दा धेरैसँग सोधपुछ गरिसकेको छ । प्रहरी प्रमुख वलीले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको र केही व्यक्ति पक्राउ पनि परेको बताए । तर घटनामा उनीहरुको संलग्नता पुष्टि भइसकेको छैन ।

गत असोज २७ राति घरबाट हराएका शरद–रोशनी शव आइतबार दमार गाउँको जंगलमा फेला परेको थियो । उनीहरु दुबै जना दमार गाउँकै अम्बिकेश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै आएका थिए । किशोरीको आमाबुवा कामको सिलसिलामा भारतमा बस्दै आएका छन् । किशोर सानै उम्मेरदेखि मामाघरमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज