Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणगंगामा छ अर्बको तटबन्धको डीपीआर स्वीकृत, सुरेन्द्र आचार्यको पहल सफल, स्थानीय खुशी

Author Avatar साझा न्यूज 22nd October 2022 , 11:10 AM
बाणगंगामा छ अर्बको तटबन्धको डीपीआर स्वीकृत, सुरेन्द्र आचार्यको पहल सफल, स्थानीय खुशी

कपिलवस्तु । वर्षातका बेला कपिलवस्तु जिल्लाको बाणगंगा नदीको कटानले यहाँका अकबरपुर, खोरिया, सेमरी, सिग्रहा, हरदौना लगायतका क्षेत्रका नागरिकलाई निद्रा लाग्दैन । विशेषतः कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका र महाराजगंज नगरपालिकाका जनतालाई हरेक वर्षातका बेलामा नदी कटानको त्रास रहँदै आएको छ ।

तर नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्यको पहलमा बाणगंगा नदीको ऋगीघाटदेखि यशोधरा गाउँपालिका र महाराजगंज नगरपालिकाको भारतीय सीमानासम्म तटबन्ध निर्माण हुने भएपछि अहिले यहाँका स्थानीयमा आशा पलाएको छ । हरेक वर्षको नदी कटानका कारण जोखिममा रहेका नागरिकलाई तटबन्ध नहुँदा नदी कटान र डुबानको सास्ती भोग्नु पर्ने बाध्यता अब अन्त्य हुने भएको छ ।

अहिले बाणगंगा नदीको दुवैतर्फ भारतको सहयोगमा जनताको तटबन्ध कार्यक्रम फिल्ड अफिस नम्बर ५ बुटवलले तटबन्ध निर्माणको प्रक्रिया अगाडि बढाएको छ । भारतको गंगानदीमा जोडिने नदीको तटबन्धका लागि त्यहाँको फल्ड कन्ट्रोल कमिशनले तटबन्ध बनाएर बाढी नियन्त्रण र नदी कटान रोक्न सहयोग पुर्याउने उद्धेश्यले नेपाली पक्षले तयार पारेको ६ अर्ब बढीको डीपीआर स्वीकृत गरेको छ ।

डीपीआर स्वीकृत भएसँगै तटबन्ध निर्माणका लागि ६ अर्ब बढीको सहयोग आउने सुनिश्चित भएको छ । जसका कारण जनताको तटबन्ध कार्यक्रमले गत वर्ष तयार पारेको ६ अर्ब बढीको डीपीआर स्वीकृत भई कार्यान्वयनको चरणमा गएको हो ।

सहयोग गर्ने राष्ट्र भारतले तटबन्धको कार्यलाई प्याकेज प्याकेजमा स्वीकृत गर्ने छ । दुवै राष्ट्रको ज्वाइन्ट कमिटी अन ईमन्डेसन फ्ल्ड म्यानेजमेन्ट ९जेसीआईएफएम० ले चाँडै अनुगमन गरे लगत्तै ठेक्का प्रक्रिया शुरु गरी सन् २०२८ सम्म तटबन्ध निर्माणको कार्य पूरा गरिने छ ।

बाणगंगा नदीको ४९ किलोमिटर लामो क्षेत्रफलमा हाल तटबन्ध नभएका स्थानमा तटबन्ध निर्माणसँगै तटबन्धमाथि ग्राभेल सडक निर्माण गर्ने योजना डीपीआरमा राखिएको छ ।

“हामीले बाणगंगा नदीको ४९ किलोमिटरमा दुवैतर्फ तटबन्ध निर्माणका लागि तयार पारेको ६ अर्ब बढीको डीपीआर भारतको गंगा फ्ल्ड कन्ट्रोल कमिशनले स्वीकृत गरिसकेको छ । हामी चाँडै टेन्डर प्रक्रिया अगाडि बढाउने क्रममा छौं”, जनताको तटबन्ध कार्यक्रम फिल्ड अफिस नम्बर ५ बुटवलका डिभिजन ईन्जिनियर ईश्वरी तिवारीले भने ।

उनले दुवै तर्फ गरी ९८ किलोमिटरमध्ये ७२ किलोमिटर बढी क्षेत्रफलमा तटबन्ध बन्ने जानकारी दिए ।

यता बाणगंगा नदीमा तटबन्ध बन्ने भएपछि वर्षौंदेखि भोग्दै आएको बाढी र नदी कटानको समस्या समाधान हुने अवस्था आएको यशोधरा गाउँपालिका वडा नम्बर ८ खोरियाका पुन्नवासी कोरीले बताए ।

“हामी हरेक वर्षको बाढीमा कहिले बाध भत्किन्छ भनेर त्रासमा छौं । गत वर्ष केही बाँध भत्कियो, तर क्षति हुन पाएन । अब तटबन्ध बन्ने भएपछि खुशी लागेको छ”, उनले भने ।

नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्यको पहलले जनताले हरेक वर्ष खेप्दै आएको नदी कटानको समस्या समाधान गरी तटबन्ध निर्माण हुन थालेकोमा उनले नेता आचार्यलाई धन्यवाद दिए ।

“हामी बाणगंगा नदीको कटानले धेरै पीडित र त्रसित छौ । कांग्रेस नेता आचार्यले पहल गरी बाणगंगा नदीको तटबन्धका निर्माणका लागि ठूलो बजेट ल्याउन सफल भएकोमा खुशी लागेको छ” खोरियाकै अर्का स्थानीय राधेश्याम पाण्डेयले भने ।

तटबन्ध निर्माण पूरा भए पछि बाणगंगा नदीको दुवै क्षेत्रका कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका र महाराजगंज नगरका बासिन्दाले नदी कटान र बाढीको समस्या भोग्नु नपर्ने उनले बताए ।

आफूले सिँचाई राज्यमन्त्री भएका बेला बाणगंगा नदीको कटान रोक्न महाराजगंज नगरपालिकाको सिंग्रहा र हर्दौनाको केहि स्थानमा तटबन्ध निर्माण गराएको भए पनि पछिल्लो समयको पहलले ऋगीघाटदेखि भारतीय सीमासम्म नै बाणगंगा नदीमा तटबन्ध बन्न थालेको नेता सुरेन्द्रराज आचार्यले बताए ।

“मैले अघिल्लो निर्वाचन नजिते पनि यस क्षेत्रका नागरिकले भोग्दै आएको बाणगंगा नदीको कटानको समस्या समाधान गर्न तटबन्ध निर्माणमा सधैं पहल गर्दै आएको थिए । पहलकदमीका क्रममा ६ अर्ब बढीको डीपीआर स्वीकृत भएसँगै तटबन्ध निर्माणको सुनिश्चितता भएको छ”, आचार्यले भने ।

आफूले तटबन्ध मात्रै नभई कपिलवस्तु नगरपालिकाको दोहनी बाध र महुवरिया बाध निर्माणका लागि राज्यमन्त्री भएका बेला बजेट छुट्टयाएर कार्यान्वयन गराउन सफल भएकोमा खुशी लागेको उनले बताए ।

आचार्य लोकतान्त्रिक वाम गठवन्धनका प्रतिनिधि सभा क्षेत्र नं २ का उमेद्धार पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज