मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लाभ–हानी, सुख–दुःख बराबरी मध्यम खालको दिन छ । लगानी नगर्दा वेश हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन पनि रमाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । विद्या पनि बढ्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्राविधिक र टेक्निकल काममा बढी फाइदा हुनेछ । आफन्तको साथ र सहयोग पनि मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । विद्या र बुद्धिको पनि विकास हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन मध्यम नै रहनेछ । मनमा चञ्चलता बढ्ने समय छ । दिनको उत्तरार्ध बढी सुखद् रहला । सफल र लाभदायक यात्रा पनि रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज गरेको कार्यमा सफलता मिल्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज दैनिक कार्यमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । सफल यात्राको योग पनि छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा निराशा र शरीरमा आलस्य आउला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
















































