Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भुषालको भाषण : केपी ओलीको कारण एमाले त्यागेँ

Author Avatar साझा न्यूज 2nd November 2022 , 12:01 PM
भुषालको भाषण : केपी ओलीको कारण एमाले त्यागेँ

केपी ओलीका कारण आफूले एमाले त्यागेको घनश्याम भुसालले बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही-१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको जिकिर गरेका हुन् ।

केपी ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको दाबी छ । ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो,’ उनले तर्क गरे । भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही-१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए ।

रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उनले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसँग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दाबी गरे । जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिएका कांग्रेस नेता विश्वनाथ यादवले आफूले बोलेको कुरा व्यहारमा उल्लेख गर्ने बताउँदै आफ्नो मुख्य प्राथमिकता अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ (२) का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकासप्रेमी पार्टी रहेको धारणा राखे । संविधान र लोकतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको र बाँकी रहेको विकास निर्माणका अधुरा कार्यहरु गठबन्धन सरकारले गर्ने नेता रज्जाकको भनाइ थियो । वाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ वटै वडामा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत देवदह, रोहिणी र तिलोत्तमा गरी सातवटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

रुपन्देही क्षेत्र नं. १ मा झण्डै चार दर्जन उम्मेदवार चुनावी मैदानमा छन् भने प्रतिनिधिसभा सदस्य पदमा मात्रै २१ जनाको उम्मेदवारी परेको छ । सत्तारूढ गठबन्धनका घनश्याम भुसाल, एमाले नेतृत्वको एमाले, राप्रपा र जसपाको गठबन्धनका छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भर्खरै प्रकाशित

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज