साझा न्यूज । तौलिहवा
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड तौलिहवा शाखाद्धारा १४ औं बार्षिक उत्वसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंक शाखा तौलिहवाको सहयोग र राम जानकी मन्दिर रामघाटको सहकार्यकमा मन्दिर परिसरमा विभिन्न प्रजातिका एक सय विरुवाहरु बृक्षारोण गरिएको शाखा प्रबन्धक अविनाश शुक्लाले जानकारी दिनुभयो ।
बैंकले देशभरीमा चौधा हजार रुख रोप्ने लक्ष्य लिएको उहाँको भनाई छ । सो अवसरमा कपिलबस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरे, बैंकका कर्मचारी, साधु लगायतको सहभागिता रहेको थियो ।
















































