Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बहुमूल्य मूर्ति चोरी गर्ने सात पक्राउ

Author Avatar साझा न्यूज 16th December 2022 , 3:03 PM
बहुमूल्य मूर्ति चोरी गर्ने सात पक्राउ

नेपालगञ्ज, पुस १ गते । बाँके प्रहरीले जिल्लाको राप्तिसोनारी गाउँपालिका –२ अगैयाबाट बहुमूल्य बुद्धको मूर्ति चोरी गरेका दुई जनालाई मूर्तिसहित प्रहरीले पक्राउ गरेको छ । ती दुई जनासहित अन्य चोरीका घट्नामा संलग्न सात जनालाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मिकलाजुङ गाउँपालिका –७ पाँचथरका ५० वर्षीय झर्मेन्द्रप्रसाद रेग्मी र भीमसेन थापा गाउँपालिका –१ गोरखाका ३२ वर्षीय देवबहादुर मग्राती छन् ।

रेग्मी र मग्रातीबाट पहेंलो धातुबाट बनेको पुरानोजस्तो देखिने गौतमबुद्धको ६ किलो चार सय २० ग्रामको मूर्ति बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो ।

उहाँका अनुसार मूर्ति र मूर्ति प्वाल पार्न प्रयोग गरिने मेसिनसहित पक्राउ परेका दुवै जनामाथि प्राचीन स्मारकसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका सातैजनामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सोही प्रकारले कोहलपुर नगरपालिकाको विभिन्न स्थानमा चोरी गरेका अन्य पाँच जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी प्रमुख मल्लले बताउनुभयो ।

विभिन्न समयमा कोहलपुर नगरपालिकाभित्र भएका चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । गत मङ्सिर २२ गते कोहलपुर –२ विकासनगरमा स्थानीयको घर फोडेर नगद, सुनचाँदीका गरगहना, ल्यापटप, मोबाइल चोरी गरी फरार रहेका कोहलपुर नगरपालिका –१ कौशिलानगर बस्ने २९ वर्षीय नवीन विक, कोहलपुर –२ विकासनगरका ध्रुवसिंह ठकुरी र दुई जना बालकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका विकले सञ्चालन गरेको जानकी सुनचाँदी पसलबाट प्रहरीले १३ ग्राम एक सय मिलिग्राम १९ वटा चोरी भएको सुनका टुक्राहरु बरामद गरेको छ । उनकै पसलबाट ३१ तोला २८ लाल सुनचाँदीका तयारी गरगहना बरामद भएको डीएसपी मल्लले जानकारी दिनुभयो ।

पसलबाटै चाँदीजस्तो देखिने धातुहरुको पाउजु, औँठीहरु, बाला, हात्तीको पुच्छर, सिक्री र लकेटसमेत बरामद भएको छ । प्रहरीले चोरीका तीन थान मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोहलपुर १२ चप्परगौडीका अम्मरबहादुर शाही छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज