Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ माग

Author Avatar साझा न्यूज 18th December 2022 , 3:57 PM
विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ माग

तौलिहवा, पुस ३ गते । कपिलवस्तुका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग माग गरिएको छ । बृहत्तर यौनिकता तथा स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सो कार्यक्रम माग गरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुको आयोजना तथा युएनएफपीएको आर्थिक र प्राविधिक सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको अगुवाइमा बृहत्तर यौनिकता शिक्षा जिल्ला कार्यालयको बैठकमा सो माग गरिएको छ ।

प्रदेश सरकारकै एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत जिल्लाका विद्यालयमा समेत सो कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारसँग माग गरिएको समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले बताउनुभयो । कार्यक्रमले विद्यालयमा यौनिकता र स्वास्थ्य शिक्षा प्रभावकारी बन्ने उहाँको भनाइ छ ।

यस्तै ३ विद्यालयमा रहेको यौनिकता शिक्षाको मोडल कार्यक्रम सञ्चालन भएका अन्य नौ वटामा समेत थप गर्ने निर्णय गरिएको छ । कपिलवस्तुका तीन पालिकामा यौनिकता शिक्षा सञ्चालन गरिएको छ ।

यस्तै, जिल्लामा रहेको प्रत्येक विद्यालयबाट कम्तीमा २ वटा शिक्षकलाई यससम्बन्धी तालिम दिने र त्यसको स्रोत खोजी गर्ने समेत निर्णय गरिएको छ । सो अवसरमा कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख हरिप्रसाद ज्ञवालीले नगरपालिमा रहेको विद्यालयमा यौनिकता शिक्षा कार्यक्रमको जानकारी दिँदै नगरभित्रका नौ सय जना विद्यार्थीलाई यौनिकता शिक्षाबारे जानकारी गराइएको बताउनुभयो । बैठकमा हालसम्मका सिकाई उपलब्धिबारे अनुभव आदान प्रदान समेत गरिएको थियो ।

यौनिकता शिक्षालाई विद्यालयमा प्रभावकारी ढङ्गबाट लैजानु पर्ने युएनएफपिएका जिल्ला अधिकृत सञ्जय शर्माले बताउनुभयो । बैठकमा कपिलवस्तु र शिवराज नगरपालिका र शुद्धोदन गाउँपालिका तथा विद्यालयका प्रतिनिधिको सहभागिता रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक रामनारायण शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज