Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रुबी खानको न्यायको लडाइँ र माइतीघरको नसकिएको धर्ना

Author Avatar साझा न्यूज 1st January 2023 , 12:55 PM
रुबी खानको न्यायको लडाइँ र माइतीघरको नसकिएको धर्ना

निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै बाँकेका १४ जना महिलाले काठमाण्डौको माइतीघरमा फेरि धर्ना सुरु गरेका छन् । धर्नाको नेतृत्व गर्नुभएकी बाँकेकी महिला अधिकारकर्मी रुबी खान भन्नुहुन्छ, ‘एक जना महिला जो आफ्नो सम्पत्तिका कारण बारम्बार उहाँमाथि यातना दिइएको र उहाँ सम्बन्धित निकायमा जाँदा आवाज नसुनेपछि उहाँ भौँतारिँदै महिला अधिकार मञ्च बाँकेसम्म पुगेपछि उहाँको न्यायका लागि हामी पटक पटक काठमाण्डौ आउनुपरेको छ । अहिलेको सिलसिला पनि यही हो ।’

खानसमेतको टोली गएको २०७८ सालमा कात्तिक १ गतेदेखि २० गतेसम्म पैदल यात्रा गर्दै नेपालगञ्जबाट काठमाण्डौ आएको थियो । त्यसभन्दा अगाडि उहाँहरुले निर्मलादेवीको न्यायको लागि भनेर जिल्ला प्रशासन कार्यालय बाँकेमा १९ दिन धर्ना दिनुभएको थियो ।

‘बाँकेले हाम्रो आवाज बेवास्ता गरेपछि कष्टपूर्ण यात्रा गदै हामीलाई न्यायको लागि काठमाण्डौ आउनु परेको थियो । स्थानीय निकायले हाम्रो आवाज सुनेन् । सिंहदरबारले हाम्रो आवाज सुन्छ भनेर हामी काठमाण्डौ आएका थियौँ,’ रुबी भन्नुहुन्छ ।

 

उहाँहरु प्रदेशमा पनि तीन दिन धर्ना दिनुभयो । त्यहाँ पनि उहाँहरुको आवाज सुनुवाइ भएन । अनि मुख्यमन्त्रीले नै हामीलाई कुनै अधिकार दिइएको छैन त्यसकारण यहाँबाट यो समाधान हुन सक्दैन भनेपछि उहाँहरु काठमाण्डौ आउनु भएको हो ।

रुबीका अनुसार सिंहदरबारले पनि उहाँहरुलाई निरन्तर बेवास्ता गर्यो । उहाँलाई त झुठा मुद्दामा फसायो । र, आन्दोलनलाई नेतृत्वविहीन बनाउन खोजियो । उहाँ भन्नुहुन्छ, ‘तर, यहाँ सबै महिलाहरु नेतृत्व गर्न सक्षम हुनुहुन्छ । एउटा रुबी गएर केही हुँदैन । त्यसकारण आन्दोलन अगाडि बढ्यो ।’

आन्दोलनको क्रममा वार्ता भयो र सरकारले कात्तिक २ गते गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनायो । छानबिन समितिले स्थानीय स्तरमा गएर छानबिन गर्ने र छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाउने भनेर गृह मन्त्रालयले प्रतिबद्धता पनि जाहेर गरेको थियो ।

 

त्यसपछि छानबिन समिति गठन भएर प्रतिवेदन तयार भयो । उहाँका अनुसार गृह मन्त्रालयले जसरी प्रतिवेदन सार्वजनिक गर्नुपर्थ्यो त्यस अनुसार सार्वजनिक गरिएन । र, कारबाही पनि भएन । त्यसपछि उहाँहरु फेरि २०७८ सालको मङ्सिर ९ गतेदेखि पुनः आन्दोलनमा बस्नुभयो । र, ४३ दिनपछि फेरि गृह मन्त्रालयसँग वार्ता भयो । वार्तापछि जुन किसिमको न्याय दिने आश्वासन दिइएको थियो । त्यस अनुसार भएन ।

रुबी भन्नुहुन्छ, ‘हाम्रो कुनै ठूलो माग नै होइन । एक जना महिलाको शरीर बन्धक भएर हत्या भएको छ । उहाँको सम्पत्ति हिनामिना भएको छ । त्यो मुद्दा प्रहरी र सरकारी वकिलले थन्क्याएर राखेको छ त्यो मुद्दा अदालत पुगोस् र अदालतबाट न्याय होस् भन्ने नै हो ।’

प्रहरी र सरकारी वकिलको कार्यालयको मुद्दा नचलाउने उद्देश्य रहेको पनि उहाँको आरोप छ । उहाँ भन्नुहुन्छ, ‘पर्याप्त प्रमाण हुँदाहुँदै पनि मुद्दा नचलाउनु भनेको अदालतमा मुद्दा पुग्यो भने आरोपी सबै जेल जान्छन् भन्ने नै हो ।’

 

प्रहरीको प्रतिवेदनमा बादशाह कुर्मीलाई मुख्य अभियुक्त ठहर गरिएको र मुख्य दोषी पनि पाइएको उहाँको भनाइ छ । जस्ले भर्खरै सम्पन्न प्रदेश सभा चुनावमा नेपाली कांग्रेसकोतर्फबाट बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा ९ख० बाट प्रत्यक्ष निर्वाचित भइ शपथ ग्रहणको तयारीमा हुनुहुन्छ । कुर्मीलाई शपथ ग्रहण नगराउनका लागि उहाँहरुले प्रदेशमा उजुरी पनि गरिसक्नु भएको छ ।

उहाँ भन्नुहुन्छ, ‘अदालतले पक्राउ पुर्जी जारी गरेको र किटानी जाहेरी परेको अभियुक्तले सांसदकारुपमा शपथ ग्रहण गरेर जिम्मेवार पदमा बसे भने भोलि समुदायले उसलाई कसरी लिने र समुदायले कसरी सुरक्षित महसुस गर्ने र कसरी स्वीकार गर्ने भन्ने प्रमुख प्रश्न हो ।’

उहाँहरुले कुर्मीको शपथ ग्रहण रोक्नका लागि प्रदेश प्रमुखलाई निवेदन दिइसक्नु भएको छ । तत्कालका लागि सपथ रोक्ने र मुद्दालाई अदालत पुर्याउने भन्ने उहाँहरुको निवेदनमा उल्लेख छ । र, यस सन्दर्भमा प्रदेश सरकारले गृह मन्त्रालयलाई पत्राचार पनि गरिसकेको छ ।

खान कुर्मीको शपथ रोकिनेमा आशावादी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘उहाँको शपथ पक्कै रोकिनुपर्ने हो । किनकि स्वयम् सरकारले गठन गरेको छानबिन समितिले मुख्य दोषी भनिसकेपछि सरकारलाई अरु प्रमाणको आवश्यक्ता नपर्ला । र, रोकिन्छ भन्ने आशा गरौँ ।’

 

अहिले उहाँहरु काठमाण्डौ आएर धर्ना दिनुको मुख्य कारण भनेकै निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग हो । र, सरकारले गठन गरेको छानबिन समितिले मुख्य दोषी ठहर गरेको बादशाह कुर्मीलाई सांसदको रुपमा शपथ ग्रहण नभइ अदालतमा मुद्दा चलाइ कारबाही गरियोस् भन्ने रहेको छ । र, समितिले दोषी ठहर गरेको मान्छेलाई कारबाही नभएसम्म आन्दोलन नरोकिने पनि उहाँको भनाइ छ ।

खानका अनुसार अहिलेसम्म गृह मन्त्रालय वा यस मुद्दासँग सम्बन्धित तथा अन्य कुनै सरोकारवाला निकायहरुसँग उहाँहरुको कुनै किसिमको औपचारिक वा अनौपचारिक कुराकानी भएको छैन ।

तर, पनि अहिले सरकार फेरिएर गृहमन्त्री पनि नयाँ भएको र फरक पृष्ठभूमिको भएका कारण उहाँहरु दोषीउपर कारबाही हुनेमा आशावादी भएर काठमाण्डौ आएको बताउनुहुन्छ रुबी । उहाँ भन्नुहुन्छ, ‘पहिलेको भन्दा गृहमन्त्रीज्यू एकदमै फरक हुनुहुन्छ र उहाँले हामीलाई न्याय दिनुहुन्छ भन्नेमा हामी आशावादी छौँ । हाम्रो अपेक्षा पूरा हुन्छ हामीले न्याय पाउँछौँ भन्ने लागिरहेको छ ।’

 

के थियो निर्मला कुर्मी घटना रु
नेपालगञ्ज उपमहानगरपालिका – १७ परस्परकी निर्मला कुर्मीका श्रीमानको २०६६ सालमा निधन भयो । निधनपछि दुई छोराहरु १८ वर्षे रामसागर र १४ वर्षे सुरेशसँग निर्मला बस्दै आउनु भएको थियो । श्रीमानको निधनपछि उहाँको घर र साढे चार बिघा जमिनमाथि गिरोहले आँखा लगायो र जग्गा हडप्न सक्रिय बन्यो ।

२०६६ मंसिरमा १० दिनको अन्तरमै उनका दुई छोरा १८ वर्षे रामसागर र १४ वर्षे सुरेशको शंकास्पद रुपमा ज्यान गयो । त्यसबारे कहीँ कतै उजुरी पनि परेन र छानबिन पनि भएन । त्यसपछि संविधानसभा सदस्यसमेत भइसकेका छिमेकी बादशाह कुर्मीले निर्मलाको घर, जग्गा हडप्ने षडयन्त्र बुन्दै जग्गाको कागज र नागरिकता लिएको बताइन्छ । यसका विरुद्ध निर्मलाले ०६८ असोज ३० मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभयो । तर, २०७५ सालपछि भने निर्मला नै बेपत्ता हुनुभयो ।

 

उहाँका बारेमा महिला अधिकारकर्मी र गाउँलेले खोजी गर्दा प्रहरीले निर्मलाको २०७६ चैत १४ मा भारतमा शंकास्पद मृत्यु भएको सूचना दिने गरेको छ । यही खोजबिनको क्रममा अधिकारकर्मी खान छिमेकी बादशाह कुर्मीले नै सम्पत्ति हडप्न निर्मलाको अपहरण र शरीर बन्धक बनाइ हत्या गरेको बताउनुहुन्छ ।

गएको वर्ष गठन भएको सरकारी छानबिन समितिले पनि बादशाहसहित आठ जनामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । त्यही आधारमा प्रहरीले कुर्मीसहित ८ जनाविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । अन्य सात जना पक्राउ परेर अदालती प्रक्रियामा नै नगइ छुटेका छन् भने मुख्य अभियुक्त भनिएका कुर्मी भने पक्राउ परेका छैनन् । कुर्मी बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा ९ख० बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् र अहिले शपथ ग्रहणको तयारीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज