Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ईलाका प्रहरी कार्यालय गणेशपुरको नव निर्मित भवन उद्घाटन

Author Avatar साझा न्यूज 1st January 2023 , 2:34 PM
ईलाका प्रहरी कार्यालय गणेशपुरको नव निर्मित भवन उद्घाटन

कृष्ण पौडेल

विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकामा ईलाका प्रहरी कार्यालय गणेशपुरको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक विशेष कार्यक्रमका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नल प्रसाद उपाध्यायले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।
भवनको समुद्घाटन गर्दै उनले नयाँ भवन निर्माण संगै आम नागरीकलाई दिने सेवा प्रवाहमा प्रहरीलाई थप उर्जा र हौसला मिल्ने विश्वास ब्यक्त गर्नुभयो। हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउन नसक्ने हुँदा प्रहरीको गाँस बास र कपासमा सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो । नवनिर्मित भवन हामी सबैको साझा सम्पती भएकाले यसको संरक्षण र सम्बद्र्धन गर्न समेत सरोकारवालाहरुलाई अनुरोध गर्नु भएको थियो ।
त्यसतै कार्यक्रम बोल्दै साहयक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले नेपाल प्रहरीलाई भौतिक रुपमा समृद्ध बनाउने उदेश्य अनुरुप नेपाल सरकारको नियमित बजेटबाट नवनिर्मित भवनले जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सेवा प्रवाह गर्न सहज बनाउनको साथै आवासको सुविधाले थप हौसला प्रदान गरेको बताउनुभयो । भवनको उचित सदुपयोग मार्फत नागरिकलाई थप उत्कृष्ट सेवा प्रवाह गर्ने उत्तरदायित्व आफुहरु माझ आएको भन्दै उहाँले अझ विशिष्ट सेवा प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रम सम्बोधन गर्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौँ नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन पालिका हरदम तयार रहेको बताउनु भयो ।
धन्यवाद ज्ञापन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेम बाहादुर बस्नेतले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरूलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो । साथै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोश र ऊर्जाका साथ नागरिकहरूको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनु भएको थियो ।
नवनिर्मित भवन लुम्बिनी प्रदेश सरकारको नियमित बजेट बाट २ करोड ३६ लाख ४४ हजार २ सय ४२ रुपैयाँ लागतमा साँढे २ तले कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा शमशेर दल गण गोरुसिंगेका प्रमुख सेनानी दिलप घले , शस्त्र प्रहरी बल नेपाल नं २८ हेक्वा कपिलवस्तुका प्रमुख शस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन वलि राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तुका उप अनुसन्धान निर्देशक मोहन बाहादुर कुवर, स्थानीय जन प्रतिनिधिहरू, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत स्थानीयवासीहरुको बिषेश उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज