Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गोटिहवामा ऐन विपरीत पक्की संरचना निर्माण

Author Avatar साझा न्यूज 3rd January 2023 , 6:45 PM
गोटिहवामा ऐन विपरीत पक्की संरचना निर्माण

महत्त्वपूर्ण ऐतिहासिक पुरातात्त्विक स्थल गोटिहवामा ऐन विपरीत पक्की संरचना निर्माण गरिएको छ।

पुरातत्त्व विभागको स्किृति बिना कपिलवस्तु नगरपालिका वार्ड नं. ५ स्थित गोटिहवामा पर्ने बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र गोटिहवामा पुरातात्त्विक स्थल संरक्षण गर्ने निकाय लुम्बिनी विकास कोषले भौतिक संरचना निर्माण थालेको हो।

कोषले गोहिटवा स्थित अशोक स्तम्भको पूर्व पट्टी स्थायी संरचना पक्की शौचालय निर्माण कार्य अघि बढाएको हो। डेढ सात अघि देखि संरचना निर्माण भइरहेको छ। शौचालयका लागि ठुलो खाल्टो खनेर पक्की ट्याङ्क निर्माण गरिएको छ र अहिले पक्की शौचालय निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ।

स्रोतका अनुसार हतार हतार गरेर डकर्मीले निर्माण गरिरहेका छन्, ‘कहीँ कतै कसैले थाहा पाए निर्माण काम रोकिन्छ भन्ने डरले प्राचीन स्मारक र पुरातात्त्विक स्थल संरक्षण गर्न बनाइएको नेपाल प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत छ।’

पुरातत्त्व विभागका प्रवक्ता तथा प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुबरले आफूहरूलाई गोटहीवामा निर्माण सुरु गरिएको संरचना बारे केही थाहा नभएको बताए। उनले विभागको स्किृति बेगर पुरातात्त्विक क्षेत्रका कुनै स्थायी संरचना निर्माण गर्न नपाइने बताए।

‘संरक्षण ऐन अनुसार पुरातात्त्विक क्षेत्रमा पक्की संरचना बनाउन पाइँदैन’ उनले भने। अधिकृत कुवरले यस बारे आफुले सोधखोज र कोषसँग सोध्ने बताए।

‘पुरातात्त्विक ठाउँमा सिमेन्ट, इँटा र सरिया प्रयोग गरेर संरचना बनाउनै पाइँदैन।’ विभागले बुद्धसँग सम्बन्धित कपिलवस्तुका गोटीहवा सहित सात प्रमुख पुरातात्त्विक स्थलको रेखदेख र व्यवस्थापन गर्ने जिम्मा कोषलाई दिएको छ। तर नयाँ संरचना बनाउन अनिवार्य रुपमा विभाग स्वीकृति लिनु पर्छ। कुवरले भने।

पुरातत्त्व बिद भन्छन् ‘नयाँ संरचनाले पुरानोलाई ओझेलमा पार्छ, यसले त्यस ठाउँकै महत्त्व र गरिमालाई नै नराम्रो असर र प्रभाव पार्छ। पुरातत्त्वविद् र इतिहासकारले त्यस्तो कामलाई राम्रो मान्दैनन् मुलुककै बहुमूल्य सम्पदा नासिने डर हुन्छ।’

लुम्बिनी विकास कोषका प्रोजेक्ट म्यानेजर इन्जिनियर सरोज भट्रारईले कोषको पुरातत्त्व शाखाले जियोफिजिक्स सर्वे गरेर पुरातात्त्विक बस्तु नभएका ठाउँमा शौचालय निर्माणको काम अघि बढाएको  बताए। उनले कोषका पुरातत्त्व अधिकृत हिमाल उत्प्रतीको नेतृत्वमा गरिएको जियोफिजिक्स पछि काम अघि बढाइएको दाबी गरे। गोटीहवामा आउने पर्यटकलाई लक्षित गरी त्यहाँ शौचालय निर्माण गरिएको भट्टराईले बताए।

‘पुरातात्त्विक मूल्य मान्यता अनुसार काम गर्दा सिमेन्ट, बालुवा, इँटा र सरियालाई स्विकार्दैन। संरचनाको फाउन्डेसन खन्दा कति पुरातात्त्विक बस्तु नास भए होलान् एक पुरातत्त्व फेरी संरचना बनेको ठाउँमा कहिल्यै पनि उत्खनन गर्न पाईएन्। पुरातात्त्विक ठाउँमा संरचना बनाउँदा एचआईए गर्नु पर्छ यो पनि गरिएको छैन्।’ अधिकृतले भने।

प्राचीन स्मारक ऐन २०१३ अनुसार प्राचीन स्मारकलाई नष्ट गरे भत्काए, हटाए परिवर्तन गरे, अनधिकृत काममा लगाए वा कुनै किसिमको हानी नोक्सानी पुर्‍याएमा ऐन अनुसार २५ हजार देखि एक लाख सम्म जरिवाना वा ५ बर्ष देखि १५ बर्ष सम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज