Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही

Author Avatar साझा न्यूज 4th January 2023 , 6:08 PM
मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही

कपिलवस्तु, पुस २० गते । कपिलवस्तुमा पछिल्लो ४ महिनामा मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मापसे गरी सवारी साधन चलाउन निरुत्साहित गर्न चलाएको अभियानमा सो कारवाही गरिएको प्रहरीको भनाइ छ ।

मापसे गर्ने चालकलाई पहिलो पटक एक हजार रुपियाँ जरिवाना गरिएको प्रहरीको भनाइ छ । जरिवाना गरेर भएपनि चालकलाई मापसे नगर्नेतर्फ सचेत गराउने प्रहरीले जनाएको छ । मापसे गरी सवारी साधन चलाउनेमा सबैभन्दा धेरै मोटरसाइकल चालक छन् । २ सय १८ मोटरसाइकल चालक मापसेमा परेका थिए । यसैगरी ३७ ट्रक चालक, ९० कार, १८ अटोरिक्सा चालक र ५ जना ट्याक्टर चालक रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा १० हजार बढीलाई प्रशिक्षण गराएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना गराउने उद्देश्यले सञ्चालित अभियानमा सर्वसाधरण बटुवा, स्कुल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी र सवारी साधनका कर्मचारी रहेको कार्यालय प्रमुख योगेन्द्र तिमिल्सीनाले बताउनुभयो । सडकको अवस्था साघुरो भएका कारणले पैदलयात्रु दुर्घटना जोखिम बढ्दैगएकाले यस पटक बटुवालाई समेत प्राथमिकता दिएको प्रहरीको भनाइ छ ।

मुख्य व्यापारिक क्षेत्र, तथा हाटबजारमा आउजाउ गर्न बाटोमा हिँड्दैगरेका बटुवाहरुलाई पनि सो बारे जानकारी गराइएको प्रहरीले जनाएको छ । राजमार्गमा हिँड्दा अपनाउनु पर्ने सावधानी विषयमा समेत गराएको थियो । सडकपेटी नभएको अवस्थामा दायाँ हातको छेउ समाएर हिँड्नु पर्ने भए पनि ९० प्रतिशत बढी बायाँ छेउबाट हिँड्ने गरेको ट्राफिक प्रहरी सहायक निरीक्षक युवराज बर्सौलाले बताउनुभयो ।

यसैगरी ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा ५६ विद्यालयका ४ हजार २३० विद्यार्थी, २ हजार १० जना सवारीचालक तथा परिचालकलाई प्रशिक्षण दिएको छ । पछिल्लो पाँच महिनामा जिल्लामा भएको ४४ सवारी दुर्घटनामा २८ जनाको मृत्यु र ६३ जना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज