Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माघी महोत्सवमा आगन्तुकले लिए घोघीको स्वाद

Author Avatar साझा न्यूज 14th January 2023 , 8:44 PM
माघी महोत्सवमा आगन्तुकले लिए घोघीको स्वाद

माघी एंव खिचडी महोत्सवमा आमन्त्रितलाई थारुहरूको खानाको विशेष परिकारको स्वादका लागि बुद्धभुमी नगरपालिकाको बुढढीमा कार्यक्रम स्थलबाटसंगै कोठामा लगियो। त्यहाँ थारुहरूले बिभिन्न परिकारहरू टपरीमा पस्किँदै गए। आफ्नो अगाडी एक्कासि घोघीको परिकार देखे पछि आगन्तुकहरू झस्किए। खिचडीसंगै घोघीको मासु पनि देखे पछि उनीहरु त्यो परिकार खाने कि नखाने कुरामा एकै छिन दोधारमा परेका थिए। महोत्सवमा आएका पाहुनाहरूलाई  घोघीसंगै थारुका बिभिन्न परिकारहरू खुवाइएको थियो। थारु जातीको राम्रो परिकार मानिने घोघीको मासु पाहुनाहरू सबैलाई दिए पछि धेरै जना अकमक्क मानेका थिए।

कार्यक्रममा पुगेका थारु बाहेक अन्य जातीले निक्कै अप्ठ्यारो मानी मानी खाएका थिए। कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद सुरेन्द्रराज आचार्य लुम्बिनी प्रदेश सदस्य नवराज लामिछाने बुद्धभुमीका मेयर केशव श्रेष्ठ, , राजनीति दलका नेता, स्थानीय अगुवा संचारकर्मीले थारु परिकारको संरक्षणका लागि खाएको बताए। घोघी खोल्सा, कुलो, पोखरी र नहरमा पाइने एक प्रकारको जीव हो।

सो परिकारसंगै ढिकुरी, सुकेको माछा पकौडा लगायतका आधा दर्जन परिवारहरूको स्वाद आगन्तकुहरुले पाएका थिए। कला संस्कृति र उपभोग्य खाँद्यबस्तुको संरक्षण गर्दै कपिलवस्तुको बुद्धभुमी नगरपालिको चवन्न स्थित क्याम्पस परिसरमा आयोजित पाचौ   बुद्धभुमी माघी – खिचडी ) महोत्सव र लावा पर्वमा देखिएका दृश्य हो यो। सांसद आचार्यले बदलिँदो परिबेशसंगै थारुहरूको परम्परागत कला संस्कृति समेत लोप हुँदै गएको बेला गरिएका यस्ता महोत्सवले थारुहरूको संस्कृतिको जर्गेना गर्ने बताए। ‘

घोघी खादा अप्ठेरो लाने पनि थारुहरूको संस्कृतिको सम्मान र संरक्षणका लागि घोघी खाएको थिए ’ उनले भने ‘ उनीहरूको कला संस्कृति भेषभुषको महोत्सवमा पाइयो। प्रदेश सदस्य लामिछानेले अहिलेको अवस्थामा धर्मसंगै आफ्नो जातको संस्कृति जर्गेना गर्न गरिएको महोत्सव आफैमा राम्रो कुरा भएको बताए। उनले थारुको कला संस्कृति भेसभुसा लगायतका कुरालाई उत्पादनसंग जोडर अघि बढ्नु पर्ने बताए।  महोत्सवका लागि नगरपालिकाले सुरु देखि नै सहयोग गरेको छ। बुद्धभुमीका मेयर केशव कुमार श्रेष्ठले थारुहरूको पहिचान र कला संस्कृतिका लागि यो महोत्सव आफैमा राम्रो काम भएको बताए।

थारुहरूको बढी जनसंख्या रहेको बुद्धभुमीमा थारुहरूको कला संस्कृति विकासका लागि आफ्नो पालिकाले होमस्टे र थारु सङ्ग्रहालय स्थापनाका लागि पहल गरेको बताए। नगरपालिकाकी उप मेयर मीरा थारुले आदिवासी र धर्ती पुत्रका रुपमा रहेको थारु जातिको पहिचान र संस्कृति जर्गेनाका लागि यो महोत्सव सहयोग हुने बताईन। ‘ नयाँ पुस्ताहरूले थारुको संस्कृति बिर्सदै गएका छन यसलाई बचाई राख्नु हाम्रो दायित्व हो ’ उनले भनिन। यस्तै वडा अध्यक्ष पवन थारुले माघी पर्व थारुहरूको मात्र नभई समावेशी पर्व बन्दै गएको उनले बताए। उनले थारुहरूको संस्कृतिको जर्गेना गर्न नगरपालिकामा यो कार्यक्रमलाई निरन्तरता दिने बताए। दुई दिन सम्म चलेको महोत्सवमा महिला र पुरुषहरू आ आफ्नो भेषभुषामा सजिएर आएका थिए।

पुरुष भन्दा महिलाहरु आफ्नो छुट्टै पहिचान बोकेर आएका कारण सबैको आकर्षणको केन्द्र बनेका थिए। महिलाहरु लेहंगा चोली लगाई ओढनी ओढेर अरिया लगाएर थिए। त्यस्तै उनीहरुले घाटीमा हसुली, कम्मरमा कर्धन लगाई खुट्टामा कढा लगाएका थिए। कानमा झुम्का र नाकमा नथुनीले पनि उनीहरूको कला संस्कृति झल्कन्थ्यो। यस्तै अन्य कतिपय थारु महिलाहरु छैकल, बाजु, बहु महुची र माला लगायतका गह गहनामा सजिएर आएका थिए। यस्तै आधुनिक जिन्स पाइन्टमा देखिने पुरुषहरू पनि थारु भेषभुषामा सजिएर आएका थिए। उनीहरुले धोती जामा लगाई बाहिर कट आसकोटमा पगडी र भेगाई लगाएर आएका थिए। नाच र गानमा उनीहरुले बिभिन्न विषय उठान गरेका थिए। महोत्सवको अर्को आकर्षण थियो मयुर, झुमरा नाच। २ दिन महोत्सवमा झर्रा, लाठी नाच लगायतको प्रतियोगिता हुने मूल आयोजक समितिका संयोजक सन्तराम थारुले बताए। महोत्सवमा दुई दर्जन बढी स्टलहरू समेत राखिएका छन। महोत्सवको उद्घाटन समारोहमा एक दर्जन बढीले शुभकामना मन्तव्य दिएका थिए।

उता माघी पर्वको रौनक जिल्लामा रहको थारु समुदायमा एक हप्ता अघि देखि नै देखिएको छ। लुम्बिनी प्रदेशले माघी पर्वलाई लक्षित गरी २ दिनको सार्वजनिक बिदा दिइए पछि उनीहरु झनै हर्षित बनेका छन। ढेड दशक अघि देखि जिल्लाको बाणगंगा नगरपालिकाबाट सुरुवात गरिएको थारु माघी महोत्सव अहिले जिल्लाका बिभिन्न स्थानमा गरिएको छ। शिवराज नगरपालिका र बाणगंगा नगरपालिकामा समेत माघी महोत्सव मनाइने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज