Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मायादेवी गाँउपालिकामा चार सय बढी बालबालिका विद्यालय बाहिरै

Author Avatar साझा न्यूज 17th January 2023 , 7:49 AM
मायादेवी गाँउपालिकामा चार सय बढी बालबालिका विद्यालय बाहिरै

तौलिहवा, माघ ३ गते । हरेक वर्ष शैक्षिक सत्र सुरु भए देखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आए पनि कपिलबस्तुको मायादेवी गाँउपालिकामा ४ सय बढी बालबालिका विद्यालय बाहिरै रहेका छन् । जिल्लाको मायादेवी गाँउपालिकामा ४ सय ३९ जना बालबालिकाहरु अझै विद्यालय बाहिरै रहेको एक तथ्यांकले देखाएको छ । गाँउपालिकाको प्रत्येक वडामा प्रगतिशिल यूवा संजालले तथ्यांक संकलन गर्दा पालिका भित्र विद्यालय नजाने ५ देखि १८ वर्ष उमेर समुहका बालबालिका चार सय ३९ जना रहेका छन् । जसमा छात्रा २ सय २८ र छात्र २ सय ११ रहेका छन् ।
मायादेवी गाँउपालिकामा आयोजना गरिएको विद्यालय नजाने बालबालिकाहरुको तथ्यांक प्रस्तुतिकरण तथा सरोकारवाला निकायहरु संग बाल संरक्षण सम्बन्धि बहस छलफल कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो । प्रस्तुत गरिएको तथ्यांकमा ५ देखि १० वर्षका ९२, १० देखि १५ वर्षका २ सय ६ र १५ देखि २० वर्ष सम्मका १ सय ४१ जना रहेको प्रगतिशिल युवा संजालकी अध्यक्ष सुनिता कोहारले बताउनुभयो । सो मध्ये २ सय ४३ जना घरायसी समस्याका कारण विद्यालय छाडेका, १ सय ३४ जनाको इच्छा नभएर र ३ जना शारिरिक अपांगताका कारण विद्यालय नगएका उहाँको भनाई छ ।
तथ्यांक अनुसार मायादेवी गाँउपालिका वडा नं. १ मा ५४, वडा नं. २ मा ११५, वडा नं. ३ मा १६, वडा नं. ४ मा ४६, वडा नं. ५ मा १३०, वडा नंं ६ मा ३४, वडा नंं ७ मा ५७ र वडा नं. ८ मा ३४ जना बालबालिका विद्यालय बाहिर रहेका छन् ।
लाभको कुरा आयो भने अभिभावक पहिले विद्यालय पुग्ने गरेको प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरीले बताउनुभयो । जब सम्म सोचमा परिवर्तन हुदैन तब सम्म कुनै किसिमको विकास नहुने उहाँले बताउनुभयो ।
विद्यालय जाने उमेरका बालबालिकालाई आउने शैक्षिक शत्र देखि विद्यालय भर्ना गराउने र १५ देखि २० वर्ष उमेरकालाई विभिन्न किसिमका सिप विकास तालिम दिइएकर स्वारोजगार बनाइने गाँउपालिकाका अध्यक्ष वलिउद्धिन खाँले बताउनुभयो । विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा भर्ना गराउन पालिकाले विशेष योजना बनाएर अगाडी बढ्ने उहाँले बताउनुभयो । त्यती बालबालिका विद्यालय बाहिर रहनु चुनौतीको विषय रहेको प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर यादवले बताउनुभयो ।
अभिभावकका साथै विद्यालयका शिक्षकहरुले पनि विशेष जोड दिनु पर्ने गाँउपालिकाका सामाजिक विकास अधिकृत बैतुल्ला धुनियाले बताउनुभयो । कार्यक्रममा सनशाइन विकास संस्थाका अध्यक्ष शिवलाल यादवले त्यती बालबालिका विद्यालय बाहिर रहनु चुनौतीको विषय रहेको बताउनुभयो । अभिभावक अशिक्षित भएको कारणले यस्तो समस्या भएको बताउनुभयो । मायादेवी गाँउपालिका वडा नं. ४ का वडाध्यक्ष असफाक अहमद खां र वडा नं. ५ का वडाध्यक्ष राघबेन्द्र पाण्डेयले भएको तथ्यांकलाई वडामा उपलब्ध गराएर अगामी दिनमा विद्यालय बाहिरा रहेका बालबालिकालाई विद्यालय भर्ना गराउने बताउनुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, शिक्षक, अभिभावक, विद्यार्थी, विभिन्न वडाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज