Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मन्त्रिपरिषद् निर्णय : सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

Author Avatar साझा न्यूज 18th January 2023 , 7:00 PM
मन्त्रिपरिषद् निर्णय : सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

काठमाडौं, माघ ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो । मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, “आजको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरेको छ ।”

त्यसैगरी, बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना निर्माणगरी मन्त्रीपरिषद् बैठकमा पेस गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषदमा पेस भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयनमा लैजानेगरी सो निर्देशन दिइएको पनि उपप्रधानमन्त्री पौडेलले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले प्रदान गर्ने विभूषणको स्पष्ट मापदण्ड तय गर्न समिति बनाउने निष्कर्ष निकालेको छ । बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डा. देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिक्विन्टल उखुको मूल्य ५४० रुपियाँ तोकेको छ । सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपियाँ  निर्धारण गरिएको पनि उपप्रधानमन्त्री पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले, राज्यले विभूषण प्रदान गर्दा पनि सम्मानित व्यक्तित्वलाई आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तिहरूलाई दिने कुरा सुनिश्चित होस् भन्ने हिसाबले विभूषणको सम्बन्धमा अध्ययन समिति बनाउने विषयमा मन्त्रीपरिषद् बैठक निष्कर्षमा पुगेको छ । विश्वविद्यालय अनुदान आयोगको प्राध्यापक डा. देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।”

त्यस्तै, क्रसर उद्योगसँग सम्बन्धित समस्याको बारेमा आजको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । यस सम्बन्धमा थप अध्ययन गरेर उपयुक्त निर्णय गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज