Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पढाइसँगै गुन्द्री बुन्न व्यस्त सविना

Author Avatar साझा न्यूज 2nd February 2023 , 8:55 AM
पढाइसँगै गुन्द्री बुन्न व्यस्त सविना

गुल्मी, माघ १९ गते । गुल्मीको इस्मा गाउँपालिका–६ बुल्मकी सविना कुमाल अहिले गुन्द्री बुन्न व्यस्त हुनहुन्छ । १७ वर्षीया सविना गाउँमै रहेको विद्यालयमा कक्षा ११ मा पढ्नुहुन्छ । उहाँ विद्यालय बिदाको समयमा आमालाई गुन्द्री बुन्न सघाउनुहुन्छ ।

आमाबाटै गुन्द्री बुन्ने सीप सिक्नु भएकी सविनाले हिजोआज “निरन्तर रूपमा बुन्दै गए दुई÷तीन घण्टामै गुन्द्रीको चटेकी बुनेर सिद्ध्याउन सकिन्छ ।” उहाँले भन्नुभयो,–“घरमा प्रयोगका लागि चाहिने गुन्द्री घरमै बुन्दै आएका छौँ ।”

बुल्ममा अधिकांश कुमाल बस्तीको बसोबास रहेको छ । उनीहरूले घरका लागि आवश्यक पर्ने चकटी तथा गुन्द्रीहरू आफै बुन्दै आएका छन् । स्थानीय कमला कुमाल पनि यति बेला गुन्द्री बुन्न व्यस्त हुनुहुन्छ । “चिसोबाट बच्न गुन्द्री अति उपयोगी हुन्छ । बिस्कुन सुकाउन पनि सहज हुन्छ ।” कुमालले भन्नुभयो,–“विवाह, व्रतबन्ध अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी मानिन्छ ।”

गुन्द्री खोज्दै आएकालाई बिक्री समेत गर्ने गरेको कुमालले बताउनुभयो । “एउटा गुन्द्रीलाई पाँच सय पर्छ । यसबाट आम्दानी पनि गर्न सकिन्छ ।” उहाँले भन्नुभयो,–“पछिल्लो समय भने प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले गुन्द्रीको माग घट्दै गएको छ ।” आधुनिकता र सजिलोको नाममा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, चकटी साथै डोका–नाम्लाहरू बुन्ने र प्रयोग गर्ने चलन समेत सङ्कटमा पर्छन् कि भन्ने पिर यहाँका पाका पुस्ताको रहेको छ ।

संरक्षण र प्रवर्धनका निम्ति नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुर्ख्यौली सीप हस्तान्तरण गर्न आवश्यक छ । नयाँ पुस्ताले परम्परागत वस्तुहरूको उत्पादनमा ध्यान नदिने हो भने हाम्रा मौलिक परम्परा तथा संस्कृतिको संरक्षण हुन कठिनाइ हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज